सिन्धुलीमा प्रधानमन्त्रि ओलीको पुत्ला दहन

RadioSiddhababa


सिन्धुली – नेपाल विद्यार्थी सँघ सिन्धुलीले जिल्लामा प्रधानमन्त्रि के.पी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले जवरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रदर्शन सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
 कम्युनिष्ट सरकार बिरुद्ध चर्को नाराबाजी गर्र्दै नेपाली काँग्रेस तथा नेविसंघका नेता कार्यकर्ताले सिन्धुलीमाडी बजारमा प्रधानमन्त्री ओलीको पुत्ला बनाई बजार परिक्रमा गरी दहन गरेका हुन् । कार्यक्रममा नेविसंघ सिन्धुलीका सभापति उत्पल खड्काले सरकार अधिनायकवादी ढङ्गगले अगाडी बढ्दै गएकाले बिरोध गरेको धारणा राख्नुभयो । उहाँले सरकारले गरेका सकारात्मक कामलाई नेविसंघले पुर्ण रुपमा साथ दिने पनि बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व