सिन्धुलीमा कार र हायस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ११ जना घाइते

RadioSiddhababa

 

सिन्धुली, बैशाख १०, २०८१ सोमबार ।


सिन्धुलीमा कार र हायस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका ७ मा कार र मोटरसाइकल दुर्घटना एक आपसमा ठक्कर खाई हुँदा ११ जना घाइते भएका हुन् । आज बिहान कटारी बाट भिमान तर्फ आउदै गरेको बा ५ ख ७३० नं. को हायस र भिमान बाट कटारी तर्फ जादै गरेको बा ७ च ९७९० नं. होन्डाई कारले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि काठमाण्डौ महानगरपालिका ३२ का ५८ बर्षिय श्याम प्रसाद उपाध्यायकी श्रीमती ४८ बर्षिय रन्जु कुमारी घिमिरे घाइते भएकोमा उहाँको कटारी स्थित सगरमाथा हस्पीटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 


दुर्घटनामा परि हायसमा सवार सुनसरी दुहबी नगरपालिका ४ का ५२ बर्षिय देवि आचार्य, ललितपुरको महालक्ष्मी नगरपालिका ३ का ३४ बर्षिय निरज खड्का, ३२ बर्षिय निशा पोखरेल, ५ बर्षिय त्रिसन खड्का, मोरङ बेलबारी नगरपालिका ३ की ३६ बर्षिय रिता राई, बिराटनगर महानगरपालिका १९ की ४१ ब्र्षिय शारदा श्रेष्ठ, बेलबारी नगरपालिका ६ की २१ बर्षिय प्रतिष्ठा चौधरी, २३ बर्षिय प्रीया लिम्बु, २ बर्षिय यन्सु हाङमा लिम्बु, उदयपुर कटारी ८ की २१ ब्र्षिय सन्जु थामा मगर रहेका छन् । 


घाइतेहरुको कटारी अस्पताल, सिन्धुली अस्पताल, प्रयाग पोलीक्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटना भएको कार र हायस प्रहरीको नियन्त्रणमा रहेको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग