सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास

RadioSiddhababa

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको छ । १७ औं विजय कुमार न्यौपाने (शैलेस) स्मृति दिवसको अवसरमा मन्दिर तथा मन्दिरको गेटको शिलान्यास गरिएको हो । गोलन्जोर गाउँपालिका १ च्याकुटार बेसीमा श्री कृष्ण मन्दीर, गोलन्जोर गाउँपालिका ३ सुलिभन्ज्याङ्गमा श्री भिमलेश्वर महादेव मन्दिरको गेट, गोलन्जोर ३ ग्वाल्टारमा श्री पशुपातेश्वर शिव मन्दिर र गोलन्जोर ३ ग्वाल्टारमा शिब मन्दिर बृद्वाश्रम शिलान्यास गरिएको हो ।


पर्यटन बिकास आयोजना हेटौडा मकवानपुर बाट संचालन हुने सिन्धुलीको गोलन्जोर गाउँपालिकाको समन्वयमा एभरग्रीन कन्स्ट्रक्सन सिन्धुली, लालिगुरास कन्स्ट्रक्सन सिन्धुली, एभरलास्टिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि सिन्धुलीको सयुक्त आयोजनामा १७ औ  विजय कुमार न्यौपाने (शैलेस) स्मृति दिवसको अवसरमा मन्दिर हरुको शिलान्यास गरिएको जनाइएको छ ।


सिन्धुली क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता प्रदेश सभा सदस्य शुष्पा भुजेल को बिशिस्ट आतिथ्यतामा शिलान्यास गरिएको हो । मन्दिर शिलान्यासको अवसमार प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले मन्दिर निर्माणको लागि आवश्यक बजेट बिनियोजनको लागि पहल गर्ने बताउनुभएको छ । नागरिकको अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्दै जाने बताउदै मन्दिर निर्माण पश्चात त्यसको दायित्व स्थानीयको हुने भएकाले संरक्षणमा जुट्न उहाँल्े आग्रह गर्नुभयो ।

 
मन्दिर शिलान्यासको अवसरमा गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को विशेष आतिथ्यता, नेपाली कांग्रेस गोलन्जोर गाउँपालिकाका सभापती मोतिराज सापकोटा, नेकपा एमाले जिल्ला कमीटी सदस्य तथा गोलन्जोरका प्रबक्ता रेगनराज थापा, नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालीका कमिटी अध्यक्ष रोशन श्रेष्ठ बिभिन्न वडा अध्यक्षहरुको  आतिथ्यतामा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु नागरिक अगुवाहरूको उपस्थितमा शिलान्यास गरिएको हो । 


मन्दिर निर्माणको लागि प्रदेश सरकार बाट बजेट ब्यवस्था गर्न प्रत्यक्ष पहल गर्नु हुने बागमती प्रदेश सभा सदस्य मा शुष्पा भुजेल (आस्था) कार्यक्रमका प्रमुख अतिथि जनप्रतिनीधीहरु, समाजसेवि स्थानीयवासी लगायत सम्पुर्णले धन्यवाद ब्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग