विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रम्तेलको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


जनता माविमा JSDP सिन्धुली र प्लान इन्टरनेश्नल नेपाललले सहयोग गरेका सामाग्रीहरुको विद्यालयका प्रधानाध्यापक रमेश कुमार बर्माको अगुवाईमा अनुगमन गरिएको छ । इसिडी देखि ३ कक्षा सम्म कारपेट, शैक्षिक सामाग्री, स्टेशनरी, नमुना कक्षा निमार्ण, खेलकुद सामाग्री, महिला किशोरीलाई महिनावारी भएको बेला सहज हुने सामाग्रीहरु सहयोग गरिएको छ । किशोरीहरु महिनावारी हुदाँ MHM Room को निमार्ण भएको छ । 


बालबालिकाहरुले विषय वस्तुमा केन्द्रित भएर भन्दा पनि मनोञ्जनको माध्यम बाट धेरै कुरा सिक्नुका साथै विद्यार्थीहरु विद्यालय आउन उत्प्रेरित हुने भएकाले इसिडी कक्षा देखि ३ कक्षा सम्म Model Class Room को व्यवस्थापन भएको छ । किशोर अवस्थामा धेरै कुरा परिवर्तन हुने हुदाँ उनीहरुले सबै कुरा जो कोही सँग भन्न नसक्ने हुदाँ आफ्नो नजिकको साथीलाई कुरा राख्न सहज हुने भएकाले किशोर किशोरी मैत्री सुचना कक्ष स्थापना गरिएको जनाइएको छ । लाईब्रेरी स्टाफ रुम र कम्प्युटर रुममा कारपेट र फर्निचरको व्यवस्था गरिएको छ ।


कार्यक्रमको अवसरमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले JSDP सिन्धुली र प्लान इन्टरनेश्नल नेपाललाई सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ । अरु वडामा भएका विद्यालयमा पनि यस्तो काम गर्न उहाँले अनुरोध गर्नुभयो ।


कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल संगै उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहाल, गोलन्जोर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली, JSDP सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गेली, सचिव महेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रम्तेल, प्रधानाध्यापक रमेश कुमार बर्मा लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।     
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट

RadioSiddhababa

जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

  सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास

RadioSiddhababa

अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग