एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

RadioSiddhababa

 

सिन्धुली, बैशाख ३, २०८० सोमबार ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । नेकपा एमाले जिल्ला इन्चार्ज डा. खेम लोहनीले सपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण बहादुर घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिपेस बराल महिला उपसचिव पार्वती भट्टराई लगायत निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । 


“युवाको सहभागिता अग्रजको सम्मान, जबजको मार्गदर्शनमा हाम्रो अभियान, एकताबद्ध गतिशिल र सुदृढ पार्टी निर्माणका लागि आठौं जिल्ला अधिवेशन” भन्ने मुलनाराका साथ चैत २८ गते नेकपा एमालेका महासचिव शंकर पोखरेलले आठौं अधिवेसनको उद्घाटन गर्नुभएको थियो ।  अधिवेशनको बन्दसत्र बाट सर्वसम्मत हुन नसकेपछि चैत ३० गते निर्वाचन भएको थियो । अधिबेशनमा जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलब ाट ५ सय १४ जनवर्गीय संगठनहरु बाट ७६, जिल्ला कमिटी सदस्य (आयोजक) १ सय ३०, सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधिहरु चुनिएकोमा ७ सय ५४ जनाले निर्वाचनमा मतदान गरेका थिए ।


निर्वाचन बाट नेकपा एमाले सिन्धुलीको खुल्ला सदस्यमा गोकर्ण भुजेल, कृष्णहरि घिमिरे, धनबहादुर माझी, अमृत बहादुर श्रेष्ठ, लोकहरि आचार्य, बुद्धकुमार अछामी, निरु श्रेष्ठ, महिला सदस्य तर्फ मेनुका कुमारी तिमलसिना, रमा कार्की, गङ्गा कुमारी कार्की युवा महिला सदस्यमा खिलकुमारी मगर र युवा सदस्यमा अरुण पाख्रिन निर्वाचित हुनु भएको छ ।


कमलामाई नगरपालिकाको भूगोल अन्तर्गत खुल्ला सदस्यमा केदार प्रसाद देवकोटा, घनश्याम देवकोटा, दीपेन्द्र फुयाँल, खड्ग प्रसाद चौलागाई, विनोद कुमार श्रेष्ठ, टिका बहादुर मोक्तान, यम बहादुर दर्लामी (मिलन), सोम बहादुर बल (शम्भु, देवराज पौडेल, केशर बहादुर कार्की महिला सदस्य तर्फ मञ्जु देवकोटा, सितादेवी सत्याल, पूजा थापा मगर, मुना धमला (रमा), मञ्जु बस्नेत, जानुका खड्का, भवानी देवकोटा, युवा सदस्य तर्फ सागर कार्की, सन्तोष घिमिरे युवा महिला सदस्य तर्फ रमा बुढाथोकी बस्नेत निर्वाचित हुनु भएको छ ।


दुधौली नगरपालिका भूगोल तर्फ खुल्ला सदस्यमा रितेश राउत, हरिहर थापा मगर, दुर्गाराज पौडेल, शान्ति प्रसाद दाहाल, पेम्बा तामाङ, दिलबहादुर पुवार मगर, सिताराम भट्टराई महिला सदस्य तर्फ लिला कुमारी भुजेल, अरुल कुमारी थारु, तिलमाया कार्की राउत, राधा कार्की युवा सदस्य सम्भुदिप अधिकारी, मिजास कार्की निर्वाचित हुनु भएको छ ।


तीनपाटन गाउँपालिका भूगोल तर्फ खुल्ला सदस्यमा छत्र बहादुर दाहाल, हेम बहादुर श्रेष्ठ, दीपेन्द्र कार्की, कोमल बहादुर खपाङ्गी, इन्द्र बहादुर थापा, महिला सदस्यमा खगेन्द्र कुमारी अधिकारी, पार्वती लामिछाने सार्की, देवमाया श्रेष्ठ, युवा सदस्यमा वरुण घिमिरे निर्वाचित हुनु भएको छ ।


फिक्कल गाउँपालिका भूगोल तर्फ खुल्ला सदस्यमा धमिन्द्र दमाई (छत्र), जय प्रसाद न्यौपाने, वैकुण्ठलाल पहाडी, गोपाल बहादुर आले मगर, महिला सदस्यमा राधिका पहाडी, शकुन्तला दाहाल भण्डारी युवा सदस्यमा कुलेन्द्र बहादुर मगर निर्वाचित हुनु भएको छ । गोलञ्जोर गाउँपालिका भूगोल तर्फ खुल्ला सदस्यमा रेगनराज थापा, ओम प्रकाश बराल, लालबहादुर श्रेष्ठ, महिला सदस्यमा लक्ष्मी शर्मा गौतम, आशा श्रेष्ठ युवा सदस्यमा रमेश भुजेल निर्वाचित हुनु भएको छ ।


सुनकोसी गाउँपालिका भूगोल तर्फ सदस्यमा शंकर सौगात, हरिकृष्ण क्षेष्ठ महिला सदस्यमा कमुर्की शेर्पा, गौरा देवकोटा बरुवाल युवा सदस्यमा ध्रुवनारायण लामा निर्वाचित हुनु भएको छ । घ्याङलेख गाउँपालिका भूगोल तर्फ सदस्यमा अच्युत कुमार श्रेष्ठ महिला सदस्यमा प्रमीला वाइबा र युवा सदस्यमा डिवि बल निर्वाचित हुनु भएको छ । मरिण गाउँपालिका भूगोल तर्फ खुल्ला सदस्यमा देवकुमार घिसङ, मदन कुमार थापा महिला सदस्यमा शर्मिला कुमारी माझी, दिपकुमारी सिंजाली युवा सदस्यमा पाल्साङ बमजन निर्वाचित हुनु भएको छ ।


हरिहरपुरगढी गाउँपालिका भूगोल खुल्ला सदस्यमा मेघराज राई, युवराज श्रेष्ठ, इन्द्र बहादुर थिङ अनमोल महिला सदस्यमा अम्बिका राई युवा सदस्यमा दीपक कुमार माझी निर्वाचित हुनु भएको छ । समावेशी आदिवासी जनजाति अन्तर्गत खुल्ला सदस्यमा विजय मुनाल घिसिङ, महिला सदस्यमा छत्रकुमारी आले (सुमित्रा) निर्वाचित हुनु भएको छ । युवा सदस्यमा उम्मेदवारी नपरेको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिनुभयो ।


समावेशी दलित खुल्ला सदस्यमा विमल विश्वकर्मा, महिला सदस्यमा निर्मला रम्तेल, युवा सदस्यमा सरोज बि.क. निर्वाचित हुनु भएको छ । अपाङ्ग खुल्ला सदस्यमा धनजंग थापा, लोपोन्मुख सीमान्तकृत खुल्ला सदस्यमा झलक बहादुर माझी, महिला सदस्यमा भद्रिमाया हायु, युवा सदस्यमा नारायण अधिकारी दनुवार निर्वाचित हुनु भएको छ । लेखा समिति अध्यक्षमा संजय कुमार दाहाल, उपाध्यक्षमा श्रवण नेवा खड्गी र सदस्यमा अप्सरा खड्का निर्वाचित हुनु भएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी