राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

RadioSiddhababa

 

सिन्धुली, बैशाख १४, २०८० शुक्रबार 


नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष सापकोटाले राष्ट्रियताको सबाल पेचिलो बन्दै गएको बताउनुभएको हो ।


पुर्व सभामुख समेत हुनु भएका सापकोटाले संघ र प्रदेश सभाको सदन अस्तब्यस्त बन्दै गएकोमा दुखेसो व्यक्त गर्नुभयो । यसले जनतामा निरास बनाउने, जनता चिन्तीत हुने, संघियता तथा परिवर्तन बिरोधीहरुलाई उत्साहित पार्ने काम भइरहेको भन्दै उहाँले लोकतान्त्रीक मुल्य मान्यता अहिले ठिक ढंगले लागु नभएको बताउनुभयो ।


संसद भनेको देशको आत्मा भएको बताउदै अहिले बिचारमा, राजनितीमा सिद्धान्तमा केन्द्रित भएर बहस नहुने गरेको र जहाँ बाट मुल्यमान्यता बिचार धाराको प्रष्फुटन हुनुपर्ने हो त्यहि बाट बिचार, राजनिती र सिद्धान्तमा बहस नहुदा जनतामा निरासा पैदा भएको उहाँले बताउनुभएको छ ।


स्थापित पार्टी हरुमा नै लोकतान्त्रीक मुल्य मान्यता कमजोर भएकाले आन्तरिक र बाह्य लोकतन्त्र कमजोर भएको उहाँको भनाई छ । पार्टीहरुमा आन्तरिक लोकतन्त्र सबल सुदृढ हुने हो भने संसद स्वभाविक रुपमा सुदृढ हुने बताउदै पार्टीको आन्तरिक दृष्टिकोण संगै साझा दृष्टिकोण बन्नु पर्ने उहाँको बुझाई छ ।


समाजवाद भन्दा उत्कृष्ट राज्य ब्यवस्था संसारमै नभएकाले समाजवादले मात्र अहिले देखिएको समस्याको हल गर्न सक्ने उहाको तर्क छ । युवाहरुलाई देशभित्र नै बस्ने वातावरण मिलाउन नसकिएकोमा चिन्ता ब्यक्त गरेर मात्र नहुने बताउदै चिन्तन गर्नुपर्ने र देशमा युवाहरुलाई रोक्न नयाँ उपायहरु निकाल्नुपर्ने पनि उहाँको भनाई छ ।


राजनैतिक परिवर्तन पश्चात जनताको जिवनस्तर माथी उठ्ने अपेक्षा जनताले राखेको बताउदै सरकारले अहिले सामाजिक न्याय सहितको सुशासन समृद्धि भनेकाले समाजवादको आधार तयार गर्न तर्फ लागेको उहाँले बताउनुभयो ।


देशभर रहेका नागरिकको परिवार बाट एकजना पनि रोजगारीमा नभएका परिवारको छनोट गरि रोजगारी सिर्जना गर्नुपर्ने बताउदै रोजगारी सिर्जना गर्ने बित्तिकै गरिबि हट्दै जाने उहाँले बताउनुभयो । जनताको जिवनस्तर माथी उठेपछि मात्रै सकारात्मक सोच र चेतनाको बिकास हुने र सामुहिक प्रगती हुने उहाँले बताउनुभयो ।


बिकास निर्माण, राष्ट्रियता र जनतालाई सेवा प्रवाह गर्ने कामको पहलकदमी सरकारले लिनुपर्ने र राजनैतिक पार्टीहरुको बिचमा साझा सहमति हुनुपर्ने उहाँले बताउनुभयो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता भनेको परिवर्तको पिल्लर आधार स्तम्भ भएकाले अहिलेको सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा राजनैतिक पार्टीहरु एकमत हुनुपर्नेमा उहाँको जोड छ ।  


शान्ति सम्झौता भएको १८ बर्ष पुरा भइसकेकाले शान्ति सम्झौतालाई निष्कर्षमा पुर्याउन पनि सबै पार्टीमा सहमती हुनुपर्नेमा उहाँको जोड छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी