कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

 

सिन्धुली, बैशाख १२, २०८१ बुधबार ।


सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग गरिएको छ । कमलामाई नगरपालिका ६ रातमाटा स्थित सेराजेम थेरापी सेन्टरले बिद्यालयमा अवस्थीत अनाथ बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेको हो ।


थेपारी सेन्टरमा थेरापी गराउन आउने बिरामीहरुले ल्याइदिएको खाद्यान्न सामाग्री मानव सेवा गर्ने उदेश्यले अनाथ बालबालिकालाई सहयोग गरिएको जनाइएको छ । मानव सेवामुखी सेराजेम थेरापी सेन्टरले गत बर्ष पनि बिद्यालयलाई खाद्यान्न सहयोग गरेको थियो । संस्थाले बिद्यालयका अनाथ बालबालिकाहरुका लागि १ सय ५० केजि गहुँको पिठो, ५० केजि चामल सहयोग गरेको बिद्यालयका प्रधानाध्यापक बिष्णु फूयालले जानकारी दिनुभयो । 


उहाँका अनुसार कमला जनज्योति मावि सिलामेमा ३१ जना अनाथ बालबालिका रहेका छन् । कमलामाई नगरपालिका सिन्धुलीको सहयोग तथा ब्यवस्थापनमा बिद्यालयले आवासिय अनाथ बालबालिका आश्रम स्थापना गरि ३१ जना अनाथ बालबालिकाहरुको हेरचाह गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली अपाङ्ग महिला सङ्घको  स्थापना दिवसको अवसरमा  शुभकामना आदानप्रदान

सिन्धुली अपाङ्ग महिला सङ्घको पाचौं स्थापना दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ सिताराम पाटी

RadioSiddhababa

खडेरीले मकै सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित

लामो खडेरीका कारण खेत बारीमा लगाइएको मकै बाली सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । दुःख गरेर खनजोत गरी लगाईको मकै बाली पानीको अभावमा

RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट