सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

RadioSiddhababa

सिन्धुली, बैशाख १२, २०८० बुधबार ।


सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर गाउँपालिका ६ गैरीगाउँ स्थित बलेनी सामुदायिक वनमा लागेको फैलिदा स्थानीयको घर गोठ जल्दा १९ लाख ५० हजार बराबरको क्षती भएको हो ।


आगलागी बाट गोलन्जोर गाउँपालिका ६ गैरीगाँउका बेद कोइरालाको ढुंगा, माटो र काठले बनेको जस्ताले छाएको घर र ढुंगा, माटोले बनेको जस्ताले छाएको गोठ पूर्ण रुपले जल्दा ७ लाख बराबरको क्षती भएको छ । त्यस्तै इन्द्र लाल श्रेष्ठको खरले छाएको ढुंगा माटोले बनेको घर पूर्ण रुपमा जल्दा ४ लाख बराबरको क्षती भएको छ ।

 

स्थातीय तिलक श्रेष्ठको खरले छाएको ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट हुँदा ८ लाख ५० हजार रुपैया क्षती भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मंगलबार बेलुका ५ बजे बाट सुरु भएको आगो स्थानीय, प्रहरी, दमकलको सहयोगमा राती करिब ९ः५० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली अपाङ्ग महिला सङ्घको  स्थापना दिवसको अवसरमा  शुभकामना आदानप्रदान

सिन्धुली अपाङ्ग महिला सङ्घको पाचौं स्थापना दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ सिताराम पाटी

RadioSiddhababa

खडेरीले मकै सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित

लामो खडेरीका कारण खेत बारीमा लगाइएको मकै बाली सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । दुःख गरेर खनजोत गरी लगाईको मकै बाली पानीको अभावमा

RadioSiddhababa

नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित

  सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट