नेविसंघ मरिण बहुमुखी क्याम्पस इकाईको अधिवेशन सम्पन्न

RadioSiddhababa


सिन्धुली – मरिण गाउपालिका स्थित मरिण बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाईको अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले मुना कुमारी कँडेलको सभापतित्वमा १३ सदस्यिय कार्यसमिति चयन गरिएको हो । इकाई समितिको उपसभापतिमा मनिषा खड्का, सचिवमा निर्मला विक, सह सचिवमा चित्र कुमारी कँडेल, कोषाध्यक्षमा रुकुमी राना चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विमला तामाङ, अञ्जु वाइवा, ज्ञान बहादुर मोक्तान, हिरा बहादुर मोक्तान, मेनुका खड्का, रोशना हुमागाई, सन्ध्या पुरी रहनु भएको छ ।
प्रदेश सभा सदस्यका प्रत्यासी छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी अधिवेशन गरिएको हो ।  कार्यक्रममा बम्जनले नेपालमा सुशासन कायम गर्ने हो भने उच्च प्राथमिकताका साथ अभियानकै रूपमा निश्चित समयभित्र सबै उमेर पुगेका युवालाई विश्वविद्यालय तहको शिक्षा उपलब्ध गराउन सकिने बताउनुभयो । उच्च शिक्षा पाएको अवस्थामा मुलुकमा प्रजातन्त्रका आधार स्तम्भ मजबुत हुने प्रस्ट्याउदै उहाँले शैक्षिक आन्दोलनले मात्रै देशमा सुशासनको गति लिदैँ अस्थिर राजनितिलाई निर्मुल पार्ने धाराण राख्नुभयो ।
सबै समुदायमा बिकास र समृद्धिको पहुच स्थापित गर्न सके मात्रै नेपालको राजनितिले आम नागरिकको भावना समेट्ने बताउदै बम्जनले नेपालको राजनितिक आधार स्तम्भलाई विद्यार्थी र शैक्षिक आन्दोलनलाई आत्मसाथ गरिनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी