नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

RadioSiddhababa

सिन्धुली, चैत ३०, २०८० शुक्रबार ।


नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी स्थित बागवानी केन्द्रमा बिहान १० बजेदेखि सुरु भएको मतदान साझँ ६ बजे सकिएको हो । मतदानमा ७ सय ८३ मध्य ७ सय ५४ मत खसेको छ । मतदान बाट नेकपा एमालेको जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित हुनेछन् भने पाँच जना मनोनित हुनेछन् ।


एमाले सिन्धुलीको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष कुमार कार्की (रामकुमार) र कमलामाई नगर कमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठविच प्रतिस्पर्धा हुँदै छ । उपाध्यक्षका लागि निवर्तमान उपाध्यक्ष कर्ण घिसिङ र खड्ग बहादुर रजन मगर बीच प्रतिस्पर्धा हुँदै छ । 


सचिवमा पनि दुई जनाको प्रतिस्पर्धा छ । निवर्तमान सचिव नारायण बराल र नवराज थिङले उमेद्वारी दिएका छन् । यस्तै दुई उपसचिव पदका लागि ७ जनाको उम्दवारी परेको छ । उपसचिवका लागि शंकर कुमार कार्की, कुमार शर्मा, राजु बराल, दिपेश बराल र टिक बहादुर कार्की खुल्लामा प्रतिस्पर्धा गर्दै छन भने मिथुला कुमारी घिमिरे प्याकुरेल र पार्वती भट्टराई विच महिला उपसचिवका लागि प्रतिस्पर्धा हुँदै छ ।

 
लेखा समितिको संयोजकमा संजय कुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । उहाँ सँगै ३६ जना सदस्यहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायतको पदाधीकारीहरुको राती ८ः३० बजे बाट मतगणना हुने र सदस्यहरुको भने त्यसपछि मतगणना गरिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व