काँग्रेसको आमसभा सहित स्व. बरालको शालिक अनावरण गरिदै

RadioSiddhababa


सिन्धली – नेपाली काँग्रेस सिन्धुलीले शनिवार आमसभा सहित स्व. बाबुराम बरालको शालिक अनावरण गर्दै छ ।  शालिकको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्दै हुनुहुन्छ । कार्यक्रममा पार्टीका महामन्त्री शसांक कोइराला, प्रवक्ता विश्वप्रकास शर्मा लगायतका नेताहरुको उपस्थिती रहने काँग्रेस सिन्धुलीले जनाएको छ ।
रहस्यमय ढङ्गले मारिएका २००७ सालको क्रान्तिको योद्धा बराललाई नागरिक स्तरमा नै शहिद घोषणा गरी ग्वालटार कोल्चौरीमा शालिक स्थापना गरिएको छ । गोलञ्जोर गाउँपालिकाको पहलमा ग्वालटारमा अर्धकदको शालिक बनाइएको हो । गाउँपालिकाको करिव १८ लाख रुपियाँको सहयोगमा शालिक सहित बगैंचा स्थापना गरिएको छ । फाइबरबाट निर्मित अर्धकदको शालिक कलाकार विक्रम श्रीले बनाउनु भएको जनाइएको छ ।
२००७ सालमा नेपाली काँग्रेसले सञ्चालन गरेको सत्याग्रह र शसस्त्र युद्धमा सामेल हुनु भएका ग्वालटारका बरालको षड्यन्त्रपूर्वक २००७ साल चैतमा गौरको हजमनिया दरबारमा हत्या गरिएको बताइएको छ  ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व