सरकारलाई सफल बनाउन सहयोग भईरहेको काँग्रेस सिन्धुलीका सभापती बरालको धारणा 

RadioSiddhababa


असोज १९, सिन्धुली  – नेपाली काँग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले नेपाली काँग्रेसले दुई तिहाई मिलेर बनेको सरकारलाई सफल बनाउन सहयोग भईरहेको धारणा राख्नु भएको छ । सभापती बरालले नेपाली काँग्रेसले सरकार ढाल्न नखोजेको नभई आफै सत्तारुढ दल बाटै सरकार ढलाउन खोजेकाले सरकार टिकाउन गाह्रो भईरहेको जिकिर गर्नुभयो । 
नेपाल विद्यार्थि सँघ गौमती बहुमुखी क्याम्पस इकाईले विजयादशमी, शुभ दीपावली, नेपाल संवत एवंम छठपर्वको उपलक्ष्यमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो  । कार्यक्रममा बरालले समाजमा भएका विकृती,विसंगती न्यूनिकरण गर्नका लागी पाठ्यक्रममा अनिवार्य नैतिक शिक्षा पढाई हुनुपर्ने धाराणा राख्नुभयो । 
नेपाल विद्यार्थि सँघ गौमती बहुमुखी क्याम्पस इकाई सभापती विष्णु स्याङ्गतानको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गौमती बहुमुखी क्याम्पसका प्रमुख भुवन चौलागाई, तरुण दल जिल्ला सचिव विष्णु विग्रह कार्की,नेपाल विद्यार्थि सँघ जिल्ला सभापती उत्पल खड्का,सचिव इश्वर बस्नेत,सदस्यहरु वरुण लामीछाने, मुकेश घिमिरे,सिन्धुली बहुमुखि क्यापसका प्रतिनिधि तथा फ्रोस्रेटार क्यापसका प्रतिनिधिहरु, स्वतन्त्र विद्यार्थि युनियनका प्रतिनिधि, अनेरास्वविय, अनेरास्ववियु क्रान्तिकारीका प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 कार्यक्रममा क्याम्पसमा अध्यनरत विद्यार्थि विजय थिङले आफ्नो क्यारिकेचर प्रतिभाद्धारा कार्यक्रमका अतिर्थि तथा कार्यक्रका सम्पुर्ण सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै  सन्देश अधिकारी, कपिल अधिकारी, सुनिता लो, कैलास वि.क, केशव घिमिरे लगाएतले गजल तथा गित प्रस्तुतीद्धारा कार्यक्रमका सहभागिहरुलाई मनोरञ्जन दिलाएको कार्यक्रम सञ्चालक राधिका बुढाथोकीले बताउनुभयो । 
यस्तै सिन्धुली बहुमुखी क्याम्पसमा  पनि दशै, तिहार र छठ पर्व  को अवसरमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा नवआगन्तुक विद्यार्थीलाई स्वागतका साथै शुमकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेको छ । अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको हो । कार्यक्रममा   प्रदेश सभा सदस्य तथा नेकपा  नेता प्रदीप कटुवाल लगायत नेपाल कम्निष्ट पार्टिका अन्य नेता तथा कार्यकर्ता विद्यार्थि लगाएको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व