‘चिँ मुसी चिँ’ को शिर्ष गीतमा नम्रताको ठुम्का (भिडियो)

भिडियो 

 

काठमाण्डौ  –साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को लोक लयको शिर्ष गीत सार्वजनिक भएको छ । 


 
गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । उनले पहिलो पटक नेपाली फिल्मको गीतमा स्वर दिएकी हुन् । 

 

 
सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज शर्मा पनि देखिएका छन् । 


 
यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । 


 
यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।


 
‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । 

 

 


 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका