“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

RadioSiddhababa

 

सिन्धुली, माघ २७, २०८० शनिबार ।


“सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को ग्राण्ड फिनाले बाट प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको हो । गायन प्रतियोगितामा तिनपाटन गाउँपालिकाको मावि लाम्पान बतासे दोस्रो र फिक्कल गाउँपालिका प्रकोशदय मावि खुरहरी तेस्रो भएका छन् । 


त्यस्तै “सिन्धुली लोक स्टार सिजन १” को नृत्य तर्फ फिक्कल गाउँपालिकाको जनजागृति मावि ढोडेनी प्रथम, हरिहरपुरगढी गाउँपालिकाको जनहित मावि बोटेनी दोस्रो र कमलामाई नगरपालिकाको समय पाठशाला तेस्रो भएको छ । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फको बिजेता लाई ५० हजार र नृत्य तर्फको बिजेता लाई ५० हजार पुरस्कार वितरण गरिएको छ । 

 


बगमति प्रदेशका सांसद छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रतियोगिताको पहिलो चरण बाट छनोट भएर आएका प्रतियोगिहरु ीबच प्रतिष्पर्धा भएको थियो । कार्यक्रमको अवसरमा बागमति प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनले लोक गित संगित बाट आफ्नो पालिका जिल्ला हुदै देशलाई नै चिनाउन आग्रह गर्नुभएको छ । लोक गित संगितको संरक्षण र जर्गेना गर्नुपर्ने उहाँको भनाई छ । कला संस्कृति भनेको पवित्र कुरा भएकाले यसको कुनै जात धर्म नहुने उहाँले बताउनुभयो ।


विद्यार्थीहरुको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक रुपमा सिक्नको लागि र बिद्यालय स्तरबाटनै लोक संस्कृतीको विकासमा सघाउ पु¥याउने उदेश्यले जिल्लामै पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीले सिन्धुली लोक स्टार सिजन १ आयोजना गरेको हो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा पहिलो पटक गायक राजु लामाको सांगीतिक प्रस्तुती रहने

सिन्धुली, बैशाख २०, २०८२ शनिबार । सिन्धुलीमा पहिलो पटक गायक राजु लामा सांगीतिक प्रस्तुतीको लागि आउनुहुने भएको छ । सिन्धुलीमाढीमा संचालित फुड

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका