सिटिजन लाईफ इन्सोरेन्स बाट बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान

RadioSiddhababa


मंसिर १६, सिन्धुली – सिटिजन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड सिन्धुलीले आईतबार एक बिमितको परिवारलाई बिमाङ्क रकम प्रदान गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै असामयिक निधन भएका सिन्धुलीका निर्मल खड्काको परिवारलाई बिमाङ्क रकम प्रदान गरेको हो ।
 खड्काकी श्रीमती फडिन्द्र कुमारी खत्रीलाई ५ लाख १ हजार बराबरको बिमाङ्क रकम भुक्तानी गरिएको हो । २०७४ साल चैत २६ गते ५ लाख रुपैयाको बिमा गरी प्रथम किस्ता मात्र ४३ हजार ९ सय ३१ रुपैया भुक्तानी गर्नु भएका खड्काको परिवारलाई उक्त बिमाङ्क रकम प्रदान गरिएको हो । रकम दाबी गरेको १६ दिन भित्र रकम भुक्तानी गरेको शाखा सिन्धुलीले जनाएको छ ।
 बिमितको यही २०७५ साल असोज ३ गते असामयिक निधन भएको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन