घेदुङको ताम्सालिङ जागरण अभियान शुरु

RadioSiddhababa


  भदौ ३०, काठमाण्डौं –  ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । शनिवार घेदुङको संघीय सभाहलमा पत्रकार सम्मेलन गरेर घेदुङले त्यस सम्बन्धि जानकारी गराएको हो । सामाजिक मुद्दा सहितको राजनीतिक बिचार र राजनीतिक विचार सहितको सामाजिक जागरण भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने घेदुङका महासचिव बाबु घिसिङले बताउनुभयो । उहाँको अनुसार पहिलो चरणमा नेवाः ताम्सालिङ (३ नं.) प्रदेशमा तामाङ बसोबास रहेको १०० भन्दा बढी स्थानीय तहमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
 संगठन निर्माणको लागि १३ जिल्लालाई ६ वटा समूहमा विभाजन गरी संघीय कार्य समितिका पदाधिकारी, विभागीय प्रमूख, भातृसंगठनका अध्यक्ष, संघीय सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला अध्यक्षहरुलाई जिम्मेवारी तोकिसकेको प्रदेश समितिका अध्यक्ष तथा संगठन संयोजक सोमबले तामाङले बताउनुभयो । संगठन निर्माणको काम हामी असोज महिनाभित्र सक्ने योजनामा छौ, प्रदेश अध्यक्षले भन्नुभयो  यदि लम्बियो भने कातिक १५ सम्म पुग्न सक्छ । त्यस पछि लगत्तै जागरण सभा सञ्चालन गरिने उहाले बताउनुभयो । 
जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, नृत्य प्रस्तुत गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङले योजना बनाएको छ । जागरण सभाको संयोजन घेदुङका सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनले गर्नुहुनेछ ।
 यसबाट तामाङ समुदायको सामाजिक, साँस्कृतिक, राजनीतिक चेतनाको ढोका खोल्ने योन्जनले बताउनुभयो । यसखालको जागरण सभाहरु ल्होछार अगावै सम्पन्न भएपनि ल्होछारमा समेत एकमहिना सामाजिक, राजनीतिक जागरणको रुपमा पर्व मनाईने भएको छ । पछिल्लो चरणमा राज्यको ध्यान आकृष्ट गर्ने खालको आन्दोलन गर्न नसकेको हुँदा तामाङ समुदाय विभेदमा पर्दै गएको डा. योन्जनले बताउनुभयो । उहाँले अभियानको क्रममा कुनै तत्वहरुबाट अवरोध भए त्यसको लिष्ट तयार गर्दै त्यसको मुकाविला तयार गर्नुपर्ने प्रष्ट पार्नुभयो । घेदुङलाई हेर्ने दृष्टिकोण केही मान्छेहरुको नकारात्मक भएको भन्दै आफू यो अभियान सफल बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । 
पत्रकार सम्मेलनमा पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले पहिचानको मुद्दाको कारण नै पहिलो संविधानसभा अवसान भएको भएको भन्दै आफ्नो समुदायको मुद्दाको लागि दल छोडेर हिड्न पनि तयार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो दलहरुले आदिवासी जनजातिलाई फकाई फकाई आँखामा पट्टि बाँधेर खाल्डोमा हाल्ने काम ग¥यो । ल्होछार पर्व सम्पन्न भएपछि भाषा, साहित्य तथा प्रशिक्षण विभागको संयोजनमा तत्कालै कार्यकर्ताहरुको नेतृत्व विकास, संगठनको महत्व, पहिचानको आन्दोलन तथा स्थानीय सत्तासँगको सहकार्य जस्ता विषयमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने भाषा विभाग प्रमूख काजिमान थिङले बताउनुभयो । उहाँले भन्नुभयो प्रशिक्षण कार्यक्रममा तामाङ युवाहरुलाई लक्षित गरेर चैत महिनाभित्रमा सक्ने योजना रहेको छ । त्यसपछि यो अभियानको समापन गरिने र अर्को कार्यक्रमको तयारी गरिने थिङले बताउनुभयो । 
यो तिनै चरणको कार्यक्रमबाट ताम्सालिङ क्षेत्रका कम्तिमा १०० स्थानमा घेदुङको संगठन बन्ने, जागरण सभा ५० स्थानमा सञ्चालन गरेर कम्तिमा २५००० जनालाई सामुदायिक मुद्दाको बारेमा सचेत गराउने र प्रशिक्षण कार्यक्रम मार्फत कम्तिमा २५०० जना प्रतिवद्ध घेदुङको कार्यकर्ता जन्माउने घेदुङले दाबी गरेको छ । 
पत्रकार भेटघाटमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले सबै अभियन्ताहरुलाई तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ ।
 अभियानमा समय दिन नसक्नेले हिड्नेलाई आर्थिक सहयोग गर्नुपर्ने अभियानकर्मीहरुको बैठकको निष्कर्ष छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा