लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

RadioSiddhababa

सिन्धुली, चैत ६, २०८० मंगलबार ।

 

लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको मुलप्रवाहीकरणका लागि बागमति प्रदेश स्तरिय कार्यशालामा मकवानपुरको हेटौडामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्थानीय तहहरुको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज ह्याण्स नेपाल बाट संचालित लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना सिन्धुली जिल्लाको २ वटा पालिकामा संचालित छ । परियोजना अन्तर्गत परियोजना संचालित क्षेत्रहरुमा संचालित गतिविधीबाट प्राप्त प्रतिफल, सिकाई तथा चुनौतीका बिषयमा प्रादेशिक स्तरमा अन्तरक्रिया गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको हो । 


बिद्यालय र सामुदायिक स्तरमा बहु–जोखीम अवस्थामा परेका लक्षित वर्गको लागि लैङ्गिक रुपान्तरण, प्रभावकारी शिक्षा तथा सिकाईको वातावरण तयार पार्ने मुख्य लक्ष सहित यो परियोजना संचालन गरिएको हो । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ३ र ६ का ४ वटा सामुदायिक बिद्यालय तथा उक्त बिद्यालयको सेवा क्षेत्रभित्रका १२ वटा समुदाय तथा मरिण गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ का ४ वटा सामुदायिक बिद्यालय तथा उक्त बिद्यालयको सेवा क्षेत्रभित्र १२ वटा समुदायमा उक्त परियोजना संचालन भइरहेको छ । 


परियोजनाले बिद्यालयहरुमा बृहत बिद्यालय सुरक्षा ढाचाँ अन्तर्गत रहेर बालिका तथा जलवायुमैत्री सुरक्षित बिद्यालय प्रवर्धनका कार्यहरु गर्दै आइरहेको छ । परियोजना अन्तर्गत बिद्यालय तथा समुदायमा विपद् ब्यवस्थापन र जलवायु अनुकल क्रियाकलापहरु संचालन गर्नुका साथै स्थानीय तहहरुसंग सहकार्य गरेर विपद ब्यवस्थापन, जलवायु अनुकुल र विपद प्रतिकार्य क्षमता अभिबृद्धि गर्नका लागि बिभिन्न निति तथा योजना निर्माणमा प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । 


प्रदेश स्तरिय कार्यशालाको अवसरमा मरिण गाउँपालिका स्थित मावि ठूलिदमारको कक्षा १० मा अध्यनरत बिद्यार्थी नवराज बोम्जनले परियोजनाले सुरक्षित बिद्यालय निर्माण संगै स्वच्छ खानेपानी सौचालय निर्माण लगायतका गतिविधी पश्चात बिद्यलायको मुहार फेरिएको बताउनुभयो । दुधौली नगरपालिका स्थित आधारभुत बिद्यालय भताहीको कक्षा ८ मा अध्यनरत बिद्यार्थी सन्जु दाहालले परियोजना अन्तरर्गत भएका कार्यक्रमहरुले आफ्नो बिद्यालय तथा समुदायमा सकारात्मक सुधार आएको बताउनुएको छ । 


त्यस्तै ठुलिदमारका शिक्षक रुद्र रिजालले परियोजनाले बिद्यलायमा विपद् तथा जलवायु सम्बन्धी बिभिन्न कार्यक्रमले बिद्यालयमा आउने विपदका घटनाहरुमा सावधानी अपनाउन मदत पुगेको बताउनुहुन्छ ।कार्यक्रमको अवसरमा बागमति प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले विपद्को समयमा स्थानीय तहनै नजिकको सरकार भएकाले राहत तथा खोज उद्धारका कामलाई झन्झटिलो बनाउन नहुने र स्थानीय तहलाई नै जिम्मेवार बनाउनुपर्ने छ । विपद्को समयमा तिन तहको सरकारमा समन्वय गर्न आवश्यक रहेको उहाँको भनाई छ ।


दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले यस परियोजना संचालन भएका बिद्यालयहरुमा अरु बिद्यालयको तुलनामा धेरै फरक पाएको बताउनुभएको छ । दुधौलीको दनुवार समुदाय शिक्षामा धेरै पछि परेको बताउदै शिक्षा क्षेत्रको सुधार गर्न नगरपालिकाले राम्रो लगानी गरिरहेको उहाँको भनाई छ । मरिण गाउँपालिका अध्यक्ष विर्मश मुक्तान प्रख्यातले परियोजनाले संचालन गरेका कामहरु अन्त्यन्त प्रभावकारी भएको बताउदै यसलाई पालिकाले बजेट बिनियोजन गर्दै निरन्तरता दिने बताउनुभएको छ ।


कार्यक्रममा परियोजनाले संचालन गरेको गतिविधीको बिषयमा परियोजनाका संयोजक बिवेक बस्नेतले जानकारी गराउनुभएको थियो । बागमति प्रदेशको शिक्षा क्षेत्रमा विपदको प्रभाव र जलवायु मैत्री सुरक्षित बिद्यालयको अवस्था र नितिगत कार्यहरुको बिषयमा बागमति प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेधीले जानकारी गराउनुभएको थियो । 


विपद् ब्यवस्थापनको अवस्था, विपद् जोखीम न्युनिकरणमा भएका प्रयासहरु र बालबालिका तथा शिक्षा क्षेत्रमा परेको प्रभावको बिषयमा कृष्ण प्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजनाले सिन्धुली जिल्लाको २ वटा पालिका अन्तर्गतका बिद्यालयमा प्रभावकारी काम गरेको सहभागिहरुको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा

RadioSiddhababa

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त 

  सिन्धुली, माघ ९, २०७९ सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई