सिन्धुलीका चार गाउँपालिकामा अझै पुगेन बैंकिङ सेवा 

RadioSiddhababa

बुद्ध नेपाली सिन्धुली, असार १७  – स्थानीय सरकार गठन भएको १४ महिना पुगिसक्दा पनि सिन्धुलीका चार गाउँपालिकामा अझै बैंकिङ सेवा पुग्न सकेको छैन। अहिलेसम्म पनि बैंकको शाखा सञ्चालन हुन नसक्दा घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाका सेवाग्राही बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य भएका छन् ।

 

बैंक संचालनका लागि गाउँपालिकाको केन्द्र रहेको हायुटार वस्तिपुरमा बैंकले घर छनोट गरेर सम्झौता गरी सकेको तर बैंकको शाखा संचालनका लागी भने ढिलाई गरीरहेको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताए । फिक्कल गाउँपालिकामा २, ४ दिनमा प्राइम बैंकले शाखा संचालन गर्ने भने पनि अहिलेसम्म बैंक संचालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

 

हरिहरपुरगगढी गाउँपालिका र तीनपाटन गाउँपालिकामा भने बैंक शाखा पुगिसकेको छ, तर कारोवार भने सुरु भएको छैन् । हरिहरपुरगगढी गाउपालिकामा बैंकले व्यवस्थापनको काम गरिरहेकाले कारोवार संचालन हुन ढिला भएको अध्यक्ष कार्साङ तामाङले बताए । तीनपाटन गाउँपालिकामा भने व्यक्तिगत कारोवार संचालन भइसकेको र सरकारी कार्यालयको कारोवार साउनदेखि संचालन गर्ने बैंकले जानकारी दिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन