सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का

RadioSiddhababa

सिन्धुली, जेठ १८, २०८२ आइतबार ।


उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमा सक्न ठेक्का संझौता रद्ध गर्ने वा नगर्ने विषयमा आवश्यक छलफल गर्ने बताउनुभएको छ । आईतबार निर्माण स्थलको निरिक्षण पश्चात सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । 


मन्त्री खड्काले गत असोजमा गएको बाढीका कारण निर्माणको काममा बाधा परेको र त्यस समयलाई ख्याल गर्दै सोही अनुसार समय मागी निर्माण कम्पनीले आश्वस्त पार्न सके सरकारले संझौता अनुसार काम गर्न दिने बताउनुभयो । उहाँले निर्माण कम्पनीले काममा आफ्नो क्षमता देखाउन नसकेमा भने सरकारले आवश्यक निर्णय लिने बताउनुभयो । 


पटेल रमण जेभीले ठेक्का संझौता गरेको झण्डै साडे दुई बर्ष हुनलाग्दा पनि निर्माणको काम दश प्रतिशत पनि नभए पछि आज उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्का सहितको टोलीले निरक्षण गरेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त

सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

RadioSiddhababa

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन

सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज

RadioSiddhababa

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न

सिन्धुली, जेठ १७, २०८२ शनिबार ।   पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा