सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त

सिन्धुली, जेठ १८, २०८२ आइतबार ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको झण्डै साडे दुई बर्ष हुनलाग्दा पनि निर्माणको काम दश प्रतिशत पनि नभए पछि आज उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्का सहितको टोलीले निरक्षण गरेको छ । मन्त्री सहितको टोलीले कामको निरिक्षण गरे पनि कामले तिव्रता पाउने संकेत भने नदेखिएको सरोकारवालाको बुझाई छ ।
सुनकोसी मरिण डाइभर्सन आयोजना अन्तर्गत पहिलो चरणको काम सुरुङ निर्माण रहेको र उक्त सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । यस काममा प्रगती नदेखिए पनि भोलीका दिनमा काम प्रगती देखिनेमा उर्जा मन्त्री भने विश्वस्त देखिनु भएको छ । मन्त्रालयमा भएको बिफ्रिङ भन्दा निर्माण स्थलमा आएर हेर्दा केही काम शुरु भएकाले निर्माण कम्पनीले कामलाई तिव्रता दिई समयमा काम सकिनेमा भने आफु आशावादी रहेको मन्त्री दिपक खड्काको भनाई छ ।
चार बर्ष सात महिनामा सक्ने लक्ष्य सहित पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य गर्न २०७९ साल माघ ११ गते ठेक्का सम्झौता गरी २०८४ साल साउन १६ गते काम सम्पन्न गर्ने गरी निर्माणको काम अघि बढाएको भएपनि हालसम्म करिब दश प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सुनकोसी नदीमा करिब ३० मिटर अग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण गरी त्यहाँबाट १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिण खोलामा सुनकोसीको पानी खसाल्ने सरकारको लक्ष्य अनुसार ठेक्का सम्झौता भएको हो ।
तर ठेक्का सम्झौता भएको लामो समय सम्म पनि काम को प्रगती नभई आयोजना कार्यालय र सिंचाई विभागले समेत तागेता गर्दा पनि काम सुस्त भएको जनाईएको छ । विभागका अनुसार एक वर्ष अघि नै देखिनु पर्ने कामको प्रगती हाल सम्म पनि नदेखिएको भन्दै निरिक्षणको क्रममा निर्माण कम्पनीको थप ध्यानाकर्षण गराएको छ ।
गत असोजमा आएको बाढीले क्षति गरेको लगायतका समस्या देखाउदै पटेल –रमण जेभी कम्पनीले निर्माणको कार्यलाई द्रुत रुपमा अगाडी नबढाउदा काम सुस्त भएको हो । निर्माण कम्पनीले आफुलाई आयोजना र सम्वद्ध कार्यालयले आवश्यक सहयोग नगर्दा कामगर्ने कामदार र उपकरण हुदाहुदै पनि काममा प्रगती गर्न नसकेको जनाएको छ ।
पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुरुङमार्फत ६६ दशमलव २९ मिटर हेटेड बाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । तेस्रो चरणको काम विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाले लक्ष्य राखेको छ । यी सबै काम गर्नका लागि आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपैयाँ रहेकोमा पछि लागत बढेर ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ ।
सुनकोसी गाउँपालिका वडा नम्बर ७ को कानढुङग्री भन्ने स्थानमा निर्माणधिन रहेको बाध निर्माण सम्पन्न भएपछि सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिण खोलामा खसालीने र विद्युत् उत्पादन सँगै मरिण नदी हुँदै बागमती नदीमा सुनकोसीको पानी पु¥याई बारा, पर्सा रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सरकारले मुख्य लक्ष्य राखेको छ ।

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का
सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन
सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली, जेठ १७, २०८२ शनिबार । पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा
प्रतिकृया दिनुहोस