पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न

सिन्धुली, जेठ १७, २०८२ शनिबार ।
पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको आयोजना तथा प्रेस सेन्टर नेपाल सिन्धुलीको समन्वय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको साझेदारीमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।
प्रेस सेन्टर नेपाल बागमति प्रदेशका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा जिल्ला स्थित पत्रकार हरुको अनुभव आदानप्रदान गर्ने, पत्रकारीता क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानको उपायहरुको बिषयमा छलफल गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको प्रेस सेन्टर नेपाल बागमति प्रदेशले जनाएको छ ।
कार्यक्रममा सहभागी संचराकर्मीहरुले पत्रकारीता क्षेत्रमा भौतिक असुरक्षा संगै आर्थिक संकट, सत्य तथ्य र निष्पक्ष समाचार संकलन, प्रशारण तथा प्रकाशनका कारण पत्रकारले भोग्नुपर्ने समस्याहरु, राज्यले पत्रकारीता क्षेत्रलाई गरेको वेवास्ता, विपदको समयमा सुरक्षित रिपोर्टिङ गर्न आवश्यक आधारभूत स्रोत तथा साधनको अभाव लगायतको बिषयमा आफ्नो भनाईहरु राखेका छन् ।
कार्यक्रमका जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले पत्रकारिता संवेदनशील तथा जोखिमपूर्ण पेसा भएकाले पत्रकारको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ । साथै पत्रकारले स्वच्छ पत्रकारीता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पत्रकारहरुलाई पेशामा टिक्नको लागि भौतीक सुरक्षा र आर्थिक सुरक्षा दुबै आवश्यक पर्ने भएकाले यसको लागि जिल्लाको स्थानीय तहहरु संग आवश्यक समन्वय गर्न जिल्ला समन्वय समितिले तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सिन्धुलीमा पत्रकारहरुलाई भौतिक असुरक्षाका घटना खासै नभएको बताउदै आर्थिक सुरक्षाको लागि समानुपातिक विज्ञापन वितरण प्रणालीको आवश्यकता रहेको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशकी उपाध्यक्ष विमला पाण्डेले पत्रकारको सुरक्षाका लागि राज्य, नागरिक समाज र मिडियाको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । राज्यले कानुनी संरचना निर्माण गर्ने, दण्डहिनताको अन्त्य गर्ने कानुनी राज्यको स्थापना गर्ने र कार्यक्षेत्रमा खटिएका पत्रकारलाई सुरक्षा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का
सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त
सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन
सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज
प्रतिकृया दिनुहोस