स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु, फर्छयौट र सुशासन प्रबद्धन बिषयक अन्तरक्रिया सिन्धुलीमाढीमा सम्पन्न

RadioSiddhababa

सिन्धुली, जेठ १४, २०८२ बुधबार ।


स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु, फर्छयौट र सुशासन प्रबद्र्धन बिषयक अन्तरक्रिया सिन्धुलीमाढीमा सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजना, महालेखा परिक्षकको कार्यालय र अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको सहभागितामा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।


जनप्रतिनिधीले भौतीक विकासमा मात्रै ध्यान दिएकाले कतिपय काममा प्रक्रिया नमिलेको कारण बेरुजु आउनेभएकाले त्यस्ता अन्यौल लाई स्पष्ट पार्न यस कार्यक्रमको आयोजना गरिएको गाउँपालिका महासंघका अध्यक्ष तथा तीनपाटन गाउँपालिका सिन्धुलीका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनुभयो । 


नितिगत कुराहरुको ज्ञान नहुदा स्थानीय तहहरुमा बेरुजु बढेकाले जनप्रतिनिधी र कर्मचारीलाई दक्ष बनाउन यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको उहाँको भनाई छ । स्थानीय तहहरुमा भएका बिभिन्न समस्याहरुलाई गाउँपालिका महासंघले समन्वय गरि समाधान गर्ने उहाँले बताउनुभयो । 


कार्यक्रममा महालेखा परिक्षकको कार्यालयमा बाट अनुगम गर्दा एउटै शिर्षकको बजेटमा कुनै पालिकाका बेरुजु र कुनै पालिकाको रुजु लेखिएको, अख्तीयारमा उजुरी दिने ब्यक्तिको परिचय किन गोप्य राखीएको, उपभोक्ता समितिको म्याद थप गर्दा समेत बेरुजु देखाइएको स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुले प्रश्न राखेका छन् ।


कार्यक्रममा नायब महालेखा परिक्षक शंकर प्रसाद पन्थीले स्थानीय तहको बजेट पारिद गर्दाको कानूनी अधिकार, बेरुजु भनेको केहो, किन आउछ, त्यसलाई कसरी हटाउन सकिन्छ, बेरुजु फर्छयौट कसरी गर्न सकिन्छ लगायतको बिषयमा प्रस्तुतिकरण राख्नु भएको थियो । 


त्यस्तै अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासका अनुसनधान अधिकृत कपिल ज्ञवालीले भ्रष्टार भनेको के हो, अख्तीयारमा उजुरी बढ्नुको कारण, परिणाम भ्रम र वास्तविकता, उजुरी फार्छयौटमा देखिएको समस्या लगायतको बिषयमा जानकारी गराउनुभएको छ । 


कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटा, दुधौली नगरपालिकाका उपप्रमुख चन्द्र किशोर थारु, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, बिभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लेखा अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का

सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

RadioSiddhababa

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त

सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

RadioSiddhababa

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन

सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज