कमलामाई नगरपालिकामा निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन

सिन्धुली, जेठ १६, २०८२ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाले निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको छ । बेरोजगार तथा वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिएको हो ।
कमलामाई नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं. ५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काले तालिमको उद्घाटन गर्नुभएको छ । तालिम उद्धघाटन कार्यक्रममा उहाँले सीप सिकेर व्यवहारमा लागु गर्नुपर्ने बताउदै सीप सिक्ने बित्तिकै रोजगार बन्न सक्ने भएकाले तालिममा सिकेको सिपलाई ब्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ ।
युवाहरूलाई सीप सिकाई दक्ष बनाउने र रोजगारी सिर्जना गर्ने गरी संचालन गरिएको निःशुल्क तालिममा कमलामाई नगरपालिकाका १४ वटै वडाका १४ जना युवाहरुको सहभागिता रहेको कमलामाई नगरपालिकाका रोजगार संयोजक श्याम कुमार घलानले जानकारी दिनुभयो ।

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का
सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त
सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन
सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज
प्रतिकृया दिनुहोस