सिन्धुली प्रहरीले लागु औषध गाँजा बरामद

सिन्धुली, जेठ १६, २०८२ शुक्रबार ।
सिन्धुलीमा प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा रहेको झनझने प्रहरी चेकपोष्ट बाट १ सय ७ केजि गाँजा बरामद गरिएको हो ।
प्रहरी नायब निरिक्षक प्रकाश भण्डारीको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचको क्रममा हेटौंडाको कुलेखानी बाट सिन्धुली तर्फ आउँदै गरेको प्र.२–०३–००१ च.५६७१ नम्बरको सिमेन्ट लोड गरिएको बोलेरो पिकअप गाडीमा १५ किलो तौल हुने ७ पोका जम्मा अन्दाजी १ सय ७ केजि गाँजा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गाडी चालक रौतहट गरुडा नगरपालिका–४ का १९ बर्षका गोपाल साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा, गाडी र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का
सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त
सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन
सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज
प्रतिकृया दिनुहोस