सिन्धुली अपाङ्ग महिला सङ्घको  स्थापना दिवसको अवसरमा  शुभकामना आदानप्रदान

RadioSiddhababa

सिन्धुली अपाङ्ग महिला सङ्घको पाचौं स्थापना दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ सिताराम पाटी प्यालेसमा कार्यक्रम गरिएको हो । कार्यक्रम क्यालेन्डर विमोचन तथा अपाङ्गता भएका महिलाहरूको यौनिकता एवम् प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । 

 

कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीलाई स्थानीय सरकारले वार्षिक बजेट विनियोजन गरेर समिति निर्माण गर्नलाई सहज करणको लागि पहल गर्ने बताउनु भयो । कसैले पनि चाहेर या सोचेर अपाङ्गता नहुने उहाँको भनाई छ । अपाङ्गताको क्षेत्रमा पहिचानको आधारमा  प्रत्येक वडामा अपाङ्गता भएकाहरूको डेटा सहितको अवस्था प्रकार वा प्रकृति सहितको योजना पेस भएमा आवश्यकता अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

त्यस्तै कार्यक्रममा सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको अध्यक्ष दिल कुमारी देवकोटाले अपाङ्ग महिला सङ्घ सिन्धुलीले  सिन्धुलीको नौ ओटै स्थानीय तहमा काम गर्दै आएको बताउनु भयो । उहाँले दिवसको अवसरमा क्यालेन्डर विमोचन गर्न पाउँदा खुसी भएको र आफूले संर्घष गरेको सम्झनाको लागि क्यालेन्डरले ऊर्जा थपिएको बताउनु भयो । 

 

त्यस्तै उहाँले अपाङ्गता क्षेत्रमा  आएको समुदायमा आधारित पुनर्स्थापना सिपिआर कार्यक्रम, जिल्लामा काम गरिरहेको संस्थालाई नदिएर बनेपाको अस्पताललाई दिएकोले  कार्यविधि विपरीत भएको कारण तीन पाटन गाउँपालिका र मरिण गाउँपालिका सिन्धुली विरुद्धमा मुद्दा समेत लडेको बताउनु भयो । मुद्दा आफ्नो पक्षमा आउने उहाँको भनाई छ । आगामी  दिनमा जस्तै सुकै समस्या आए पनि अपाङ्गता भएको ब्यक्तिहरुको क्षेत्रमा उभिएर आफूले काम गर्ने उहाँको भनाई छ ।  

 

सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका ४ र ह्याण्स नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा  (दिपा) को अध्यक्षयता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा  जिल्लाका सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १

RadioSiddhababa

घ्याङलेख गाउँपालिकामा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन

सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । घ्याङलेख गाउँपालिका सिन्धुलीमा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन गरीएको छ । “मातृभाषामा

RadioSiddhababa

गौमती मा.वि. मा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट

  सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । गौमती माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गरिएको छ । मनोनयन