खडेरीले मकै सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित

RadioSiddhababa

लामो खडेरीका कारण खेत बारीमा लगाइएको मकै बाली सुक्न थालेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । दुःख गरेर खनजोत गरी लगाईको मकै बाली पानीको अभावमा वृद्धि विकास नभई सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको कोसी किनारमा सिचाई हुने क्षेत्र बाहेक अन्य सबै जसो ठाँउका मकै घोगा लाग्नु भन्दा पहिले नै सुक्न थालेको किसानको गुनासो छ । मौसमले साथ दिई दुख गरेर खेती गर्दा पनि प्रतिफल लिन किसानले नसकिरहेको बेला खडेरीले मकै सुक्न थाल्दा सबै लगानी खेर गएको कमलामाई ३ का किसान भिम प्रसाद आचार्यले गुनासो गर्नभयो ।

खडेरीले मकै लगायत जुनार र तरकारी बालीमा समेत असर परेको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालको भनाई छ । उहाँले सबै क्षेत्रमा सिचाईको सुविधा पुर्‍याउन सके मात्र उत्पादन बढाउन सकिने बताउनुभयो ।

सिन्धुलीमा उत्पादनको हिसाबले सबै भन्दा धेरै उत्पादन मकै हुने गरेको तथ्याङ्क भए पनि यस वर्ष खडेरीले धान जमरा आएका र हुर्कँदै गरेका मकै सुक्न थालेपछि उत्पादन घट्ने भएको छ । गत वर्ष २४ हजार ९ सय २४ हेक्टर क्षेत्रफलमा लगाइएको मकै ८१ हजार ९ सय ८१ मेट्रिकटन उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीको तथ्याङ्क छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

तीनपाटन गाउँपालिका १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन

सिन्धुली, जेठ ५, २०८१ शनिबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । तीनपाटन गाउँपालिका १

RadioSiddhababa

घ्याङलेख गाउँपालिकामा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन

सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । घ्याङलेख गाउँपालिका सिन्धुलीमा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन गरीएको छ । “मातृभाषामा

RadioSiddhababa

गौमती मा.वि. मा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट

  सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । गौमती माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गरिएको छ । मनोनयन