जनता संग सांसद कार्यक्रम मार्फत नागरिकको घरदैलोमा पुग्दै सांसद भुजेल

RadioSiddhababa

सिन्धुली, बैशाख १६, २०८१ आइतबार ।


सामान्यतया चुनावको समय पारेर नागरिकको घरदैलोमा पुग्ने संस्कार नेपालमा रहेको छ । चुनावको समयमा नागरिकको घरदैलोमा जाने उनीहरुको गुनासो सुन्ने, नागरिकले भनेजती सबै बिकास गर्दीन्छु भन्ने तर चुनाव पछि नागरिकले बिशेष कार्यक्रम गरेर निम्ता गरेभन्दा बाहेक जनप्रतिनिधी नागरिककोमा जाने प्रचलन कमै मात्रामा रहेको छ । 

 

नागरिकले माग गरेका योजनामा जनप्रतिनिधीले पहल गरेर बजेट बिनियोजन हुन्छ योजनाको शिलान्यास र उद्धघाटनको समयमा जनप्रतिनिधी पुग्ने गरेको देखिन्छ । थोरै बजेटको योजना भए उपभोक्ता समिति मार्फत र धेरै बजेटको योजना भए ठेकेदार मार्फत काम हुन्छ । 


उपभोक्ता समितिका केहि सिमित मान्छेलाई बाहेक त्यो योजना कति बजेटको हो, कुन जनप्रतिनिधीको पहलमा बजेट आयो, लागत स्टीमेट अनुसारको काम भयो भएन नागरिक स्तरमा लाभान्वीत ब्यक्ती भने त्यस बिषयमा बेखबर नै हुन्छन् । यी र यस्तै परिपाटी निरन्तर रुपमा चलिआएको छ । यी र यस्तै परिपाटीको अन्त्य गर्न र परिवर्तन गर्न बागमति प्रदेश सभा सदस्य सुष्पा भुजेल लागीपरिरहनुभएको छ । यस बर्ष बाट उहाँले जनता संग सांसद कार्यक्रम सुरु गर्नुभएको छ । 

 

 


 

आफ्ना पहलमा गाउँमा परेका योजनाहरुको अवस्था के भइरहेको छ र नागरिकले जनप्रतिनिधी बाट के चाहिरहेका छन् बुझ्नको लागि जनता संग सांसद कार्यक्रम लिएर आएको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेशको सांसद बन्नभुएकी भुजेल न कोहि कार्यकर्ता न कोहि अघिपछि लाग्ने मानीस उहाँ एक्लै नागरिकको घरघरमा पुग्नुहुन्छ । 


जनप्रतिनिधीको पहलमा आएको बजेट नागरिकको कर बाटनै आएको र त्यसलाई नागरिक लाई अपनत्व गराउनको लागि पनि आफु नागरिकको घरगाउँ सम्म पुग्ने गरेको उहाँले सुनाउनुभयो । सरकारको बजेट मार्फत निर्माण भइरहेका कुलो, धारा, चौतारा, मठ मन्दिर, सडक, भवनहरु लगायतको बिषयमा सबैभन्दा बढी नजिकका स्थानीय सुसुचित हुनुपर्ने उहाँले बताउनुभयो ।

 

बजेटको पारदर्शिता, योजनाको गुणस्तरियताको बिषयमा नागरिक स्तरमानै उनीहरुलाई जानकारी गराउने उदेश्यले संचालन भएका योजनाहरुको अनुगमन संगै सम्बन्धीत नागरिकहरु संग निरन्तर छलफल गर्दै आउनुभएको छ । 

 


 

चोक, चौतारा, चिया पसलमा जुन नेता आएपनि उस्तै हुन् नेताले कामनै गरेनन भन्ने गुनासो सुनिन्छ त्यसो भनेर सबै दोस नेतालाई मात्रै थुपार्ने हैन अब नागरिक पनि सचेत हुन जरुरी भएको छ “उहाँ भन्नुहुन्छ” मन्त्रालयमा धाएर जिल्लामा बजेट पार्यो नागरिकलाई थाहानै हुदैन कस्को पहलमा बजेट आयो, कति बजेट आयो भन्ने । नेताले काम बिगारेको ठाउँमा खबरदारी गर्ने अधिकारी नागरिकलाई भएको बताउदै आफ्ना गाउँठाउँमा भएका हरेक बिकास निर्माणको बिषयमा जान्ने अधिकार नागरिकलाई भएको उहाँले बताउनुभयो । 


केहि दिन अगाडी गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित कौशीका माविको निर्माणधीन २ कोठे भनव गुणस्तरहीन पाइएपछि उहाँले पुन निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । नागरिकको रगत पसिना बाट उठेको कर बाट आएको पैसामा कुनै पनि ठेकेदार वा बिचौलियाले भ्रष्टाचार गरेको आफुलाई स्वीकार्य नहुने उहाँले बताउनुभयो ।

 

स्थानीय तहका वडा अध्यक्षहरुलाई समेत सांसदको भन्दा बढी अधिकार भएकाले पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षलाई आफ्नो ठाउँमा भएका हरेक योजनाको निरन्तर अनुगमन गर्न आग्रह समेत गर्नुभएको छ ।

 

सांसद भुजेलको अनुगमन पश्चात गाउँपालिकाले ठेकेदार कम्पनीलाई मापदण्ड पुर्याएर बिद्यालय भवन पुन निर्माणको लागि निर्देशन दिएको छ । साथै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई कामको गुणस्तीयता नभए सिधै आफुलाई खबर गर्न उहाँले आग्रह गर्नुभएको छ ।

 


 

त्यस्तै कमलामाई नगरपालिका १४ स्थित नागेश्वर महादेव मन्दिर परिसरमा घेराबारको लागि प्रदेश सरकारले बिनियोजन गरेको ८ लाख बजेटमा निर्माण भएको घेराबारको अनुगमन गर्नुभएको छ । कमलामाई नगरपालिका तथा वडा नं. १४ को सहयोगमा मन्दिर निर्माण, धर्मशाला निर्माण भएको छ भने प्रदेश सरकारको सहयोगमा मन्दिरमा घेराबार गरिएको छ ।

 

८ लाख बजेट बाट आधा मात्रै मन्दिर घेराबार निर्माण भएकाले त्यसलाई पुरा गरिदिन नागरिकहरुले आग्रह समेत गरेका छन् । गाउँघरमा हुने बिकास निर्माण के कसरी भइरहेका छन् भन्ने बिषयमा नागरिक संग सांसद कार्यक्रम अन्तर्गत आफुहरुले नजिक बाट महसुश गर्न पाएको उनीहरले बताएका छन् । 

 

यसरीनै नागरिकका कुरा सुन्ने, योजनाहरुको अनुगमन गर्ने, बजेट बिनियोजन भएर काम हुन नसकेका योजनाहरुको चाडो काम गर्न घचघच्याउने, बजेट अपुग भएको ठाउँमा अर्को बर्षको लागि योजना बनाउने लगायतको कामको लागि प्रत्येक पालिकामा एकएक हप्ता गएर बस्ने नागरिकको कुरा सुन्ने योजना रहेको उहाँको भनाई छ । सामाजिक दायित्व बोकेर राजनितीमा लागेको बताउदै सांसद भुजेलले जनचाहना अनुरुप आगामी योजना हरु ल्याउने बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालीका ४ का कृषकहरुलाई सामाग्री वितरण

  सिन्धुली, बैशाख ३०, २०८१ आइतबार । सिन्धुलीको सुनकोशी गाउँपालीका ४ मा कृषि सामाग्री तथा प्रविधी वितरण गरिएको छ । सुनकोशी गाउँपालिकाको आर्थीक वर्ष

RadioSiddhababa

कमलामाई नगरपालिकाका विपन्न किसानलाई अनुदानमा बाख्रा वितरण

  सिन्धुली, बैशाख ३०, २०८१ आइतबार । सिन्धुलीको कमलामाई नगरपालिकाका विपन्न किसानलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । कमलामाई नगरपालिकाको आर्थिक

RadioSiddhababa

नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

  सिन्धुली, बैशाख ३०, २०८१ आइतबार । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवस मनाइएको छ ।  नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुलीले सिन्धुली