नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनको उद्धघाटन

RadioSiddhababa

 

सिन्धुली, चैत २८, २०८० बुधबार ।


नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनको उद्धघाटन गरिएको छ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमको आवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउन बलियो शक्ति चाहिने र त्यो बलियो शक्ति भनेकै नेकपा एमाले भएको बताउनुभयो ।

 

पाटी बलियो बनाउन सबैले आत्मसमिक्षा, आफ्ना कमिकमजोरी स्वीकार गर्ने, नागरिकका माझमा नेतृत्वलाई स्थापीत गर्नुपर्ने र पार्टी सदस्यहरुलाई सक्रीय बनाउन उहाँले सुझाव दिनुभयो । अधिवेशनको समयमा मात्रै नभई अन्य समयमा पनि पार्टीमा सक्रीय रुपमा काम गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले समाजको असन्तुष्टि लाई हतियार बनाई आफुलाई बलियो बनाउन नयाँ पार्टीहरु लागिपरिरहेकाले यसले नागरिकको भावना माथी खेलेको तर परिवर्तन गर्न नसकेको उहाँले बताउनुभयो ।

 

देश बनाउने हो भने जनतालाई समृद्ध बनाउनुपर्ने बताउदै जनतालाई समृद्ध नेकपा एमालेले मात्रै बनाउन सक्ने उहाँको भनाई छ । आफु भित्र भएको घेराबन्दी भत्काउन र नेकपा एमालेको मिसन ८४ लाई सफल बनाउन मात्रै सत्ता समिकरण गरेको समेत उहाँले बताउनुभयो । आज उद्धघाटन गरिएको अधिवेशन भोली सम्म चल्ने छ ।

 

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १ सय ५ जनाको कमिटि निर्वाचित गर्ने छ । अधिवेशन बाट ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा निर्वाचित हुनेछन् । नेकपा एमालेले प्रतिनिधि छनौटमा नै ३३ प्रतिशत महिला र १५ प्रतिशत युवालाई छनौट गरिसकेको छ । नौ वटा स्थानीय तहको भुगोलतर्फ ७३ जना सदस्य निर्वाचित हुने छन ।

 

जसमा २४ जना महिला, एक महिला सहित ११ जना युवा निर्वाचित हुने छन । विशेष समावेशी कोटामा १० जना, खुल्लामा १२ जना निर्वाचित हुनेछन । नेकपा एमालेको नयाँ नेतृत्वको लागि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचन प्रक्रिया बाट अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।


अधिवेशन उद्धघाटनको अवसरमा नेकपा एमाले बागमति प्रदेश अध्यक्ष कैलास ढुंगेल नेकपा एमालेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटिका पदाधीकारीहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व