कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

RadioSiddhababa

 

सिन्धुली, चैत १०, २०८० शनिबार 


सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल खेलमा १–० गोल अन्तरले वडा नं. १० लाई हराउदै ५ नं. वडा बिजयी भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित कमलामाई नगर खेलकुद विकास समितिको आयोजनामा चैत ५ गते देखि सुरु भएको प्रतियोगताको आज समापन गरिएको छ । 


प्रतियोगिता समापनको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले खेलले मानीसलाई अनुसासीत बनाउने भएकाले मिहेनत र लगनसिल भएर खेल खेल्न आग्रह गर्नुभएको छ । खेलमा हारजित हुने भएकाले उपबिजेता हरुले हतोत्साहित नहुन अनुरोध गर्नुभएको छ । कमलामाई नगरपालिकाले बिकास निर्माणको काम संगै खेल क्षेत्रको विकासका लागि समेत खेलकुदमा लगानी गरीरहेको उहाँले बताउनुभयो ।


मेयर कप फुटबल प्रतियोगितामा नगरपालिका वडा नं. ११ बाहेक १३ वडाले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद ४० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मन्जु देवकोटा, बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति

RadioSiddhababa

कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि प्रथम

  सिन्धुली, माघ १३, २०८० शनिबार । कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजारले प्रथम स्थान हासिल गरेको छ ।