कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि प्रथम

RadioSiddhababa

 

सिन्धुली, माघ १३, २०८० शनिबार ।


कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजारले प्रथम स्थान हासिल गरेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजार प्रथम भएको हो । 


प्रतियोगितामा शिखर मावि मरिण बेल्टार द्धितिय र सिद्वस्थलि इङ्लिस बोडिङ्ग स्कुल तृतिय भएका छन् । माघ ९ गते देखि सुरु भएको प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ । कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बिजयी हुने सबैलाई बधाई दिंदै आगामी दिनमा नगरपालिकाले खेलकुद क्षेत्रलाई अझ प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलकुद क्षेत्रमा सक्रीय रुपमा लाग्न सहभागी तथा उपस्थित सबैलाइ उहाँ आग्रह समेत गर्नुभयो ।


कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद दाहालको विशष्ट अतिथ्यता नगर शिक्षा अधिकारी शंकर राज लुईटेल,  बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, जिल्ला स्थित विभिन्न विद्यालय, विभिन्न कार्यलयका प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको पुरस्कार वितरण तथा समापन गरिएको हो ।


प्रतियोगितामा कमलामाई नगरपालिकाका सरकारी तथा निजि गरि ३५ वटा विद्यालयको सहभागिता रहेको थियोे । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

  सिन्धुली, बैशाख ४, २०८१ मंगलबार । कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति