नेपाली काँग्रेस प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

RadioSiddhababa

 

सिन्धुली, चैत २, २०८० शुक्रबार ।

 

नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सिन्धुलीमाढीमा सुरु भएको छ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाको प्रमुख आथित्यतामा कार्यक्रमको उद्धघाटन गरिएको हो । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेस बागमति प्रदेशका सभापति इन्द्र बहादुर बानियाले काङ्गगे्रसले प्रशिक्षणमा सिद्धान्त दर्शनको कुरा गर्दा जनता संग जोडिएको कुरा गर्ने बताउनुभएको छ । काङ्गगे्रसको सिद्धान्त विचार मात्र होईन व्यवहार र अहिलेको प्रविधि संगै जनतालाई जीवनयापनमा सहज गर्न प्रशिक्षण गरीएको बताउनु भएको छ । 


वागमती प्रदेशको प्रशिक्षण विभागले १३ जील्लामा जनतालाई जीवन संग जोड्ने, जनताको विकास संग जोड्ने, जनताको विचार संग जोड्ने कुरामा नेपाली काङ्गगे्रस जान तयारी रहेको उहाँले बताउनु भएको छ । जनताको पक्षमा काम गर्नलाई यो प्रशिक्षण कार्यक्रम नेपाली काङ्गगे्रसको दर्शन् सिद्धान्त, हीजोको राजनिती र भविष्य बनाउने रणनीतिमा सम्म तयारी गरेर अगाडि बढेको उहाँको भनाई छ ।

 

तिन दिनको प्रशिक्षण कार्यक्रममा राम्रो सिक्न् र सिकेको राम्रा कुराहरु सत्यमा आधारीत रहेर भ्रम र्चिदै हरेकको मनमा नेपाली काङ्गगे्रसले गरेको सत्य कुरा सिकाउन सहभागिहरुलाई उहाँले आग्रह गर्नु भएको छ ।


कार्यक्रममा नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका नगर प्रमुख  उप्रेन्द्र कुमार पोख्रेलले कार्यक्रममा सिकेका कुरा आफ्नो गाउँठाउँमा गई पार्टीको कुरा सिकाउनु आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै उहाँले ठुलो बन्न् होईन असल बन्नको लागि राजनितिमा लाग्नुपर्ने बताउदै एक अर्कालाई दोष लाएर होईन सबैले आफ्नो कमजोरी स्वीकार गरेर सामुहिक भावना साथ अडि बढ्न अनुरो गर्नु भएको छ ।


प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सिन्धुलीका ७ वटा गाउँपालिकाका दुईदुई जना, कमलामाई र दुधौली नगरपालिकाका तिनतिन जना, २ वटा संघिय निर्वाचन क्षेत्र बाट तिनतिन जना, ४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट दुईदुई जना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाट चार जना गरि ४० जना नेताहरु सहभागी रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व