नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, फागुन ११, २०८० शुक्रबार ।


नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका २ वडा कमिटिको विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले माओवादी केन्द्र मरिण गाउँ समितिको निर्णय अनुसार सञ्चालित ३ महिने टोजा (टोल जागरण) अभियानको कार्ययोजना तर्जुमा गर्नुका साथै कार्य विभाजन गरेको छ । वडा कमिटिका अध्यक्ष जित बहादुर वाईवाको अध्यक्षतामा बसेको बैठकले टोल जागरण अभियान (टोजा) को कार्य योजना तर्जुमा गरेको हो । 


बैठकमा माओवादी केन्द्र मरिण गाउँ समितिका अध्यक्ष काजीमान थिङले टोजा अभियानको उद्देश्य तथा कार्यविधि र कार्यविभाजन बारेमा प्रष्ट पार्नु भएको थियो । उहाँले पार्टी केन्द्रले सञ्चालन गरेको ४ महिने ्जनता सँग माओवादी विशेष रुपान्तरणको निरन्तरताको रुपमा टोजा अभियान सञ्चालन गरेको बताउनु भयो । 


बागमति प्रदेश कमिटिका सचिवालय सदस्य तथा सिन्धुली जिल्ला संयोजक पानीराज बम्जन, वागमति प्रदेश कमिटिका सदस्य मरिणका इन्चार्ज पदम अस्थानी (शरण), गाउँ कमिटिका सचिव, टोजा अभियानको २ नं. वडाका कमाण्डर कमल आले लगायतले अभियानको बारेमा प्रशिक्षणात्मक रुपमा मन्तव्य राख्नु भयो । 


बैठकमा जिल्ला समन्वय सदस्य भक्त राना, गाउँ कमिटि सचिवालय सदस्य धन बहादुर स्याङतान, गाउँ कमिटि सदस्य लक्ष्मी मगर समेतको उपस्थिति रहेको थियो । बैठकले १२ जनालाई समितिमा चयन गरी पार्टी विधान अनुसार २९ सदस्यीय वडा कमिटिको पुर्णता प्रदान गरेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व