जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुलीको उद्घाटन 

RadioSiddhababa


असोज २८, सिन्धुली – “जलश्रोत तथा सिंचाइ विकास डिभिजन“ कार्यालय सिन्धुलीको आईतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 
साविकमा संघिय सरकार अन्तरगत रहेको  “सिंचाइ विकास डिभिजन“ हाल प्रदेश अन्तरगत “जलश्रोत तथा सिंचाइ विकास डिभिजन“मा परिणत भएपछि नयाँ कार्यालयको रुपमा उद्घाटन गरिएको हो ।
डिभिजन प्रमुख घनश्याम कार्कीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा अतिथिहरु प्रदेश नं ३ सांसद द्वय प्रदिप कटुवाल र बुद्धिमान माझीले संयुक्त रुपमा कार्यालयको बोर्ड अनावरण गरि उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, नेपाली कांग्रेसका नेता माणिक ढकाल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रकमा बोल्दै प्रदेश सांसद प्रदिप कटुवालले कार्यालयले दिने सेवा सुविधा अझ झन छिटो छरितो तथा पारदर्शी रुपले दिनुपर्ने धारणा राख्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर