१ करोड १४ लाख ७५ हजारको लागतमा रेडक्रस भवन बन्दै

RadioSiddhababa


भदौ १, सिन्धुली  – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको भवन शिलान्यास गरिएको छ । शुक्रबार कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री र रेडक्रसको अन्तराष्टिय महासंघका नेपाल प्रमुख जुजा किमले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । 
२०७२ साल बैसाख १२ गते गएको विनासकारी भुकम्पबाट भवन क्षति  भएपछी  १ करोड १४ लाख ७५ हजारमा नयाँ भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण सम्पन्न भईसके पछि कार्यालय सञ्चालन, गोदाम व्यवस्थापन, तालिम हल र व्यवसायी सटरको  रुपमा प्रयोगमा ल्याइने छ । शुक्रबार नेरेसो सिन्धुली जिल्ला सभापति अशोक श्रेष्ठको सभापतित्व तथा कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा  एक कार्यक्रमका बीच भवन सिलान्यास गरिएको हो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र आईएफआरसी  का लक्ष्मण क्षेत्री, कमल निरौला, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कमलजंग राई, नेपाली कांग्रेस सिन्धुली जिल्ला सदस्य माणिक ढकाल, जिल्लाका पूर्वसभापतिहरु, उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदार, प्लान इन्टरनेशनल नेपाल सिन्धुलीका प्रमुख रामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर