फिक्कल गाउँपालिकामा शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आइसिटिमा आधारित तालिम सुरु 

RadioSiddhababa

 

सिन्धुली, चैत १६, २०८० शुक्रबार ।

 

सिन्धुलीको फिक्कल गाउँपालिकामा शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आइसिटिमा आधारित तालिम सुरु भएको छ । आधारभूत तहमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले आइसिटिमा आधारित तालिम संचालन गरिएको हो । 


सामुदायिक बिद्यालयहरु आइसिटी सुविधा सम्पन्न भइसकेकाले त्यसको प्रभावकारी प्रयोग गर्न र आइसिटिमा शिक्षकहरुको क्षमता विकास गराउने उदेश्यले तालिम संचालन गरिएको फिक्कल गाउँपालिका शिक्षा शाखा प्रमुख निलहरी लामिछानेले जानकारी दिनुभयो । 


शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा फिक्कल गाउँपलिकाको समन्वयमा आज देखि सुरु भएको तालिम चैत २० गते सम्म संचालन हुने छ । तालिममा ३० जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको छ । फिक्कल गाउँपालिकामा कक्षा १ देखि ५ सम्म पढाई हुने आधारभुत तहका ३५ वटा बिद्यालय रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला