सुनकोशी गाउँपालिका ४ का कृषकहरुलाई बिभिन्न कृषि सामाग्री वितरण

RadioSiddhababa

 

सिन्धुली, चैत १६, २०८० शुक्रबार ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ । सुनकोशी गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार बहुउद्देश्यीय कृषक समूह कोटगाउ लाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामाग्री वितरण गरेको हो ।

 
सुनकोशी गाउँपालिका र वडा नम्बर ४ मा रहेको बहुउद्देश्यीय कृषक समूह कोटगाउ बिच ५० प्रतिशत लागत साझेदारीमा कागती पकेट निरन्तरता कार्यक्रम संचालन गर्नको लागी भएको सम्झौता अनुसार सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोईरालाको प्रमुख आतिथ्यतामा सिकेचर, मिनिटिलर, सिंचाई गर्नको लागि पाइप, ग्रीननेट जाली, बिषादीहरु वितरण गरिएको सुनकोशी गाउँपालिकाका कृषि प्राविधिक प्रदिप श्रेष्ठले जानकारी दिनुभयो । 


सामाग्री वितरण संगै सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले वडा नं. ४ मा रहेको तरकारी पकेट तथा गत आ.व.२०७९÷०८०  मा स्थापना भएको कागती पकेटको अनुगमन र किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको अवलोकन गर्नुभएको छ । साथै उहाँले कृषि कर्म बाट नै सुनकोशी गाउँपालिका समृद्ध हुने बताउदै पालिकाले कृषि उत्पादनमा जोड दिन बिभिन्न किसीमको कार्यक्रमहरु ल्याएको उहाँको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला