कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनायो

RadioSiddhababa

 

सिन्धुली, चैत १४, २०८० बुधबार ।

 

कमलामाई नगरपालिका सिन्धुलीले आफ्नो २७ औ स्थापना दिवस भब्यताको साथ मनाएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा २७ औ स्थापना दिवस मनाईएको हो ।


२७ औ स्थापना दिवसको अवसरमा आर्थिक बर्ष २०७९÷०८० मा सर्वाधिक बहाल कर तिर्ने करदाता अचुतम प्रसाद गजुरेल, सम्पति कर सर्वाधिक तिर्ने करदाता उदय बिक्रम थापा, उद्योग व्यवसायीहरु मध्ये सर्वाधिक व्यवसाय कर तिर्ने अग्नि ईन कर्पोरिट प्रा. लि. लाई सम्मान गरिएको छ । त्यस्तै पालिकाका २८ जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरिएको छ ।


दिवसको अबसरमा आयोजना गरिएको कर्मचारी र जनप्रतिनिधी बिच भएको भलिबल, ब्याडमिन्टन, चम्चा दौड, फुटबल, हाडी फुटाई, म्युजिकल चियर लगायतका प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने हरुलाई नगद, शिल्ड सहित सम्मान पत्र प्रदान गरिएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले सिन्धुली जिल्ला ऐतिहासिक जिल्ला भएकाले कृषि पशु लगायतको क्षेत्रमा सम्भावना बोकेकाले स्थानीय तहले यसलाई प्राथमिकता दिएर अघी बढ्नुपर्ने बताउनुभएको छ । साथै नगरले गरेको जनप्रतिनिधी तथा कर्मचारीको बालबालिका सामुदायिक बिद्यालयमा पढाउनुपर्ने निर्णय प्रसंसनिय भएको उहाँको भनाई छ । 


कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले नगर र नगरबासीलाई समृद्ध बनाउन सम्पुर्ण नागरिक एक भएर सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । बिकास निर्माणको लागि केन्द्र सरकारको भर परेर मात्रै नहुने बताउदै सिन्धुली जिल्ला ऐतिहासिक र पर्यटनको सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय स्तर बाटनै यस्ता किसिमको विकासमा लाग्नुपर्ने उहाँको भनाई छ । 


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाका कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला