होली पर्वको आवसरमा रेडियो सिद्धबाबामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

RadioSiddhababa

 

सिन्धुली, चैत ११, २०८० आइतबार ।


सिन्धुली सहित पहाडी र हिमाली क्षेत्रमा आज फागु अर्थात् होली पर्व मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । होलि पर्वको अवसरमा रेडियो सिद्धबाबा र सिद्धबाबा टेलिभिजनको आयोजनामा रेडियो सिद्धबाबाको प्रांङ्गणमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । 


कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमरा पोख्रेलले वसन्त ऋतु संगै आउने होली पर्वले नयाँ जोस जागर र उमंग पैदा होस भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ । हरेक चाडपर्वले नेपालीहरुको परम्परा झल्काउने भएकाले परम्पराको जगेर्ना गर्दै चाडपर्व मनाउनु पर्ने बताउदै होलीको रंग जस्तै कमलामाई नगरबासी र सम्पुर्ण नेपालीहरुको जिवन समेत रंगिन बनोस भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ । 


कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले होली पर्वले एक आपसमा सद्धभाव कायम गरोस भन्दै शुभकामना दिनुभएको छ । त्यस्तै कमलामाई नगरपालिकाी उपप्रमुख मन्जु देवकोटाले होली पर्वको शुभकामना ब्यक्त गर्दै समाजमा भड्कीलो हिसाबले चाडपर्व मनाउन नहुने बताउनुभएको छ । चाडपर्वले सवैको एकता र सद्धभाव कायम गरोस भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ ।


सिछद्धबाबा संचार सहकारी लिमिटेडका उपाध्यक्ष भिष्म राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दल, बिद्यार्थी संगठन, पत्रकार, टोल सुधार समितिका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 


असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हाद सहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।


शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.

RadioSiddhababa

बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

  सिन्धुली, बैशाख १५, २०८१ शनिबार । सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा

RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला