वीपी कोइरालाको जन्मजयन्तीमा विभिन्न कार्यक्रमको आयोजना

RadioSiddhababa

 

सिन्धुली, भदौ २४, २०७९ शुक्रबार । 


नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला वीपीको जन्म जयन्ती बिभिन्न कार्यक्रम गरि मनाइएको छ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस कमलामाई नगर समितिले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । १ सय ९ औ वि.पि. जयन्तीको अवसरमा वि.पि. को सम्झनामा कमलामाई नगरपालिका १३ सुनखानी रानीबास स्थित टुटेश्वर महादेव मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । 


जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बन्नुभयो  ।


२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो ।बृक्षारोपण कार्यक्रम नेपाली कांग्रेस कमलामाई नगर सभापति कमल पोख्रेलको सभापतित्व तथा नेपाली कांग्रेसका जिल्ला सभापति तथा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा रहेको थियो । 


बृक्षारोपणको लागि बिरुवाहरु सिद्धेश्वर सव डिभिजन वन कार्यलय सिन्धुलीले उपलब्ध गराएको नगर सभापति कमल पोख्रेलले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको अवसरमा पार्टी सभापति तथा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले बि.पि. कोइरालाको जिवनी, लक्ष्य, आदर्श र शिद्धान्तको चर्चा गर्दै नेपाली कांग्रेस र प्रजातन्त्र जोगाउन कांग्रेस एक भएर लाग्नु पर्ने बताउनुभएको छ । राजनिति पेशाको लागि हैन भावना र सेवाको लागि गर्नुपर्ने उहाँले बताउनुभयो । 


त्यस्तै नेपाली कांग्रेस प्रदेश कार्यसमिति क्षेत्र नं. १ (क) ले एक कार्यक्रम गर्दै १ सय ९ औ वि.पि. जयन्ती तथा “जनताको साथमा कांग्रेस” अभियानको समापन गरेको छ । वि.पि. जयन्तीको अवसरमा वि.पि. को तस्वीरमा माल्यार्पण गर्दै दुधौली नगरपालिका १० कोगटीमा “जनताको साथमा कांग्रेस” अभियानको समापन गरिएको छ । कार्यक्रममा प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति चेत नारायण अधिकारी को सभापतित्व र नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिल मान पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । 


कार्यक्रमको योजना निर्माण किसानको फोटो अगाडी राखेर योजना निर्माण गर्नुपर्ने वि.पि. को सिद्धान्त रहेको चर्चा गर्दै अव वडा, पार्टी तथा आफ्नो कार्यलयहरुमा किसानको फोटो राख्नुपर्ने नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति कुमार ढकालले बताउनुभएको छ । 


त्यस्तै संगठन बलियो बनाउन अहिले आत्मा आलोचना गर्नु जरुरी रहेको क्षेत्र नं. १ का क्षेत्रीय सभापति कर्ण बहादुर थापा मगरले बताउनुभएको छ । अव निर्वाचन लक्षित संगठनको ढाचा परिवर्तन गर्नुपर्ने र निर्वाचनमा जित हासिल गर्न गम्भीर भएर लाग्नु पर्ने उहाँले बताउनुभयाे । 


कार्यक्रममा नेपाली कांग्रेसका उप सभापति दिपक घिमिरेले पहिले आफ्नो संगठन बलियो बनाइयो भने जस्लाई टिकट दिएपनि चुनाव जित्ने बताउनुभएको छ । आगामी निर्वाचनमा गठबन्दन हुदा संघ र प्रदेश गरि ६ वटा सिट मध्य ४ वटा कांग्रेसले पाउनुपर्ने उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न

सिन्धुली, जेठ १७, २०८२ शनिबार ।   पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा

RadioSiddhababa

बालमैत्री  वडा घोषणा उन्मुख हुदै दुधौली नगरपालिका ६ हर्षाही

सिन्धुली, जेठ १७, २०८२ शनिबार । सिन्धुलीको दुधौली नगरपालिकाले वडा नंं ६ हर्षाही लाई २०८२ माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने

RadioSiddhababa

कमलामाई नगरपालिकामा निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन

सिन्धुली, जेठ १६, २०८२ शुक्रबार ।   सिन्धुलीको कमलामाई नगरपालिकाले निशुल्क मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको छ । बेरोजगार तथा वैदेशिक रोजगारीमा