हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

RadioSiddhababa

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा संचालन हुने शिविरको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा आजबाट सुरु भएको शिविर २५ गते सम्म सञ्चालन हुने छ । 

 

शिविरमा आँखा विशेषज्ञ डाक्टर द्धारा आँखा जाँच, मोतियाबिन्दुको बिरामीको पहिचान गरी तत्काल शल्यक्रिया, निःशुल्क चस्मा तथा औषधी वितरण गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत परिक्षण, सफाई गर्नुका साथै दाँत निकाल्ने, निःशुल्क औषधी वितरण तथा परामर्श प्रदान गरिने छ ।


शिविर उद्धघाटन कार्यक्रमको अवसरमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले भौगोलिक विकटता, जटिलता तथा आर्थिक अभावका कारण आँखा र दन्त जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभएको छ । आँखा तथा दन्तको सामान्य देखि जटिल रोग परिक्षणको लागि अन्य ठाउँ जाँदा जनताले सास्ती खेपिरहनुपरेको बताउँदै उहाँले जनतालाई स्थानीय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरेको बताउनुभयो । गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गरेको उहाँको भनाई छ । 


वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन, ५ नम्बर वडाका अध्यक्ष साइला लामा, १ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

RadioSiddhababa

सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो

सिन्धुली, बैशाख २०, २०८२, शनिबार । सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।