जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार ।
सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते सम्म पुरुष तर्फ खुल्ला र महिला तर्फ पालिका स्तरिय उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता गराउन गाउँपालिकाले एक सूचना मार्फत आग्रह गरेको छ । प्रतियोगितामा सहभागिताको लागि निशुल्क रुपमा जेठ २ गते सम्म टिम दर्ता गराउन भनिएको छ ।
खेल प्रचलित भलिवल खेलको नियमानुसार हुने, खेलाडीहरुलाई प्राथमिक उपचारको ब्यवस्था गाउँपालिकाले गर्ने, खेलाडीहरुको खाना, बस्न र ड्रेसको ब्यवस्था स्वयमले गर्नुपर्ने, टिमको लिबेरोको पोशाक अन्य खेलाडीको भन्दा फरक हुनुपर्ने जनाइएको छ । त्यस्तै प्रतियोगिताा रेफ्रिको निर्णय अन्तिम हुने, खेलाडीको विवरण पेश गर्दा एक टिमको १० जनाको विवरण बुझाउनु पर्नेछ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः ८० हजार, ४० हजार र २० हजार महिला तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः २० हजार १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ । साथै उत्कृष्ट सेटर, लिबेरो र स्पाइकर खेलाडीलाई समेत पुरस्कृत गरिने छ । खेल बिहान ७ बजे देखि फिक्कल गाउँपालिका २ पौंँतीमा हुने गाउँपालिकाले जनाएको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो
सिन्धुली, बैशाख २०, २०८२, शनिबार । सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस