सिन्धुली अस्पतालमा पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिबिर हुने

RadioSiddhababa

सिन्धुली, बैशाख १८, २०८२ बिहिबार ।


सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन हुने भएको छ । सिन्धुली अस्पताल संग समन्वय गरि भक्तपुर क्यान्सर अस्पतालले यहि बैशाख २० गते शनिबार एक दिने शिबिरको आयोजना गरेको हो । 


रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर आवश्यक रहेको सिन्धुली अस्पताल संचालक समितीका अध्यक्ष सतिश चन्द्र ढकालले जानकारी दिनुभयो । भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिलाहरुको लागि निःशुल्क पाठेघर र स्तन क्यान्सरको परिक्षण तथा परामर्श सेवा शिबिर आयोजना गरिने उहाँले बताउनुभयो ।  शिविर बिहान ८ बजेदेखी सञ्चालन हुने छ ।

 
पाठेघरको क्यान्सरका लक्ष्यणहरु जस्तै महिनावारी बाहेक अन्य समयमा रगत जाने समस्या भएका, महिनावारीको समय धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या भएका, तल्लो पेट धेरै दुख्ने, यौन अंगबाट फोहोर पानि जाने समस्या, महिनावारी सुकेपछि पनि रगत बग्ने समस्या तथा यौन सम्पर्कको समयमा धेरै दुख्ने वा रगत बग्ने समस्या भएका महिलाले शिबिरमा निशुल्क परिक्षण तथा परामर्श लिन सक्नेछन ।


त्यस्तै स्तन क्यान्सरका लक्ष्यणहरु जस्तै स्तनमा गाठागुठि आउने, स्तन दुख्ने, स्तन वरिपरीको छालामा परिवर्तन आउने, स्तनको मुन्टोमा घाउ आउने, स्तनको मुन्टोबाट रगत वा पानि बग्ने समस्या, स्तनको आकारमा परिवर्तन आउने तथा स्तन वरीपरि रातो भएमा वा सुन्निने समस्या भएका महिलाले शिबिरमा निःशुल्क परिक्षण एबम परामर्श लिन सक्ने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

RadioSiddhababa

सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो

सिन्धुली, बैशाख २०, २०८२, शनिबार । सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।