स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा घ्याङलेख गाउँपालिका पहिलो

RadioSiddhababa

सिन्धुली, बैशाख १९, २०८२ शुक्रबार ।


स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा सिन्धुलीका ९ वटा स्थानीय तहमध्ये घ्याङलेख गाउँपालिका पहिलो भएको छ । घ्याङलेख गाउँपालिका जिल्लाका आठ वटा स्थानीय तहलाई पछि पार्दै प्रथम भएको हो भने बागमती प्रदेश अन्तर्गतका पालिकाहरु मध्ये पनि घ्याङलेख गाउँपालिका तेश्रो भएको छ । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को सूचकहरुमा रहि स्थानीय तहले गरेका कार्यहरुको आधारमा ९६.५ प्रतिशत अंक सहित घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको हो ।


स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा सुनकोशी गाउँपालिका ९४ अंक सहित दोश्रो, गोलन्जोर गाउँपालिका ७१.५ अंक प्राप्त गर्दै अन्तिममा रहेको छ । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधी २०७७ अनुसार १०० वटा सूचकहरुको आधारमा गरिएको मूल्यांकनमा हरिहरपुरगढी गाउँपालिकाले ९२, मरिण गाउँपालिकाले ९०.५ दुधौली नगरपालिकाले ९१, फिक्कल गाउँपालिकाले ८९.५, कमलामाई नगरपालिकाले ८८.५ र तीनपाटन गाउँपालिकाले ८६.५ अंक प्राप्त गरेका छन् ।


स्थानीय तहले गरेका कार्यहरू तोकिएको समय सीमा भित्र आवश्यक कागजातहरू अपलोड गरी सम्बन्धित जिल्ला समन्वय समितिबाट अन्तिम नतिजा तयार पश्चात् घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम र बागमती प्रदेशमा तृतीय स्थान हासिल गर्न सफल भएको भएको प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । पालिकालाई यो स्थानमा ल्याउनका लागी पालिकामा कार्यरत कर्मचारीहरूको मेहनत र राज्य प्रति उत्तरदायी भएर काम गरेको परिणाम भएको प्याकुरेलले बताउनुभयो । 


स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिदैँ आएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

RadioSiddhababa

सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो

सिन्धुली, बैशाख २०, २०८२, शनिबार । सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।