फिक्कल गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा

RadioSiddhababa

सिन्धुली, बैशाख १६, २०८१ मंगलबार ।


सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ३ लाई सोमबार बालमैत्री वडा घोषणा गरिएको छ । फिक्कल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर रजन मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा बालमैत्री वडा घोषणा गरिएको हो । 


बालमैत्री स्थानीय शासन सम्बन्धी बिभिन्न ५१ वटा सूचक पुरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरीएको हो । बालमैत्री स्थानीय शासन कार्यान्वन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्कीला, सूचक र मापदण्ड पुरा गरेकाले वडालाई बालमैत्री वडा घोषणा गरिएको जनाइएको छ । यो संगै फिक्कल गाउँपालिकामा २ वटा वडा बालमैत्री घोषणा भएको छ । यसअघि फिक्कल गाउँपालिका वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।


कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले वडा नम्बर ३ बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा शुभकामना व्यक्त गुर्नु भएको छ । बालबालीकाको क्षेत्रमा विकासको काम गरेमा भविस्यमा देशको मुहार फेरीने फिक्कल गाउँपालीका अध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।कार्यक्रममा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले सबै भन्दा महत्वपुण कुरा भनेको बालबालिकामा लगानी गर्नु पर्छ भन्ने उदेश्य लिएकाले आज त्यो अभियान सफल भएको बताउनु भयो । बालबालाीहरु भनेको भोलिका कर्णधार भएको हुदा बालबालीकाहरुमा लगानी गर्न सक्यौ भने समृद्ध फिक्कल बन्न सक्ने उहाँले बताउनु भयो ।


त्यस्तै फिक्कल गाउँपालिका वडा नम्बर ३ का वडा अध्क्षय टेकबहादुर रजन मगर वडाले बालमैत्री वडा घोषण गर्नको लागी ५१ वटा सूचक पुरा गर्नुका साथै बाल बिवाह अन्त्य गर्न विभिन्न सडक नाटक, वत्तीत्व कला, सम्बाद विभिन्न क्रियाकलाप गरेको बताउनु भयो । वडाको १० ओटै विद्यालयमा विपद जोखिम व्यवस्थापन सम्बन्धी योजना तयार गरी समुदायमा बालमैत्री धाराहरु निर्माण गरीएको उहाँले जानकारी दिनुभयो ।


फिक्कल गाउँपालिका ३ नंं. वडालाई बालमैत्री वडा घोषणा गर्न रिलिफ नेपालको तर्फबाट आर्थीक तथा प्राविधिक सहयोग गर्न पाउदा खुसी लागेको रिलीफ नेपाल सिन्धुलीका अध्यक्ष र्दुगा पौडेलले बताउनु भयो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बालबालीकाहरुले चेतना मुलक नृत्य, गीत तथा कविता प्रस्तुत गरेका थिए । बालमैत्री वडा भएको सुखद दिनको अवसमा विद्यालयका बालबालीकाहरुले प्ले कार्ड सहितको नारा लगाईएको थियो ।


बालमैत्री वडा घोषणा सभामा फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगर, फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगर, फिक्कल गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

RadioSiddhababa

सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो

सिन्धुली, बैशाख २०, २०८२, शनिबार । सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।