नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशन बुधबार उद्धघाटन गरिदै

RadioSiddhababa

 

सिन्धुली, चैत २७, २०८० मंगलबार ।


नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनको भोलिदेखि सिन्धुलीमाढीमा हुने भएको छ । बुधबार र विहिबार गरि दुई दिन सम्म चल्ने अधिवेशनको उद्धघाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुहुने छ । ८ औं अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिनुभयो । 


अधिवेशनमा ७ सय ८४ जना प्रतिनिधि तथा आयोजकले सहभागिता जनाउने प्रचार प्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । अधिवेशनका लागि यस अघिनै जिल्लाका ९ वटा स्थानीय तहबाट ५ सय १४ जना प्रतिनिधि छनौट गरिसकिएको छ । जनसंगठन बाट ७६ जना, आयोजक १ सय ३० जना, सल्लाहकार २५ जना र मनोनित ३९ जना प्रतिनिधि छनौट भईसकेका छन ।


अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १ सय ५ जनाको कमिटि निर्वाचित गर्ने छ । अधिवेशन बाट ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा निर्वाचित हुनेछन् । नेकपा एमालेले प्रतिनिधि छनौटमा नै ३३ प्रतिशत महिला र १५ प्रतिशत युवालाई छनौट गरिसकेको छ ।


नौ वटा स्थानीय तहको भुगोलतर्फ ७३ जना सदस्य निर्वाचित हुने छन । जसमा २४ जना महिला, एक महिला सहित ११ जना युवा निर्वाचित हुने छन । विशेष समावेशी कोटामा १० जना, खुल्लामा १२ जना निर्वाचित हुनेछन ।


नेकपा एमालेले एक महिला पदाधिकारी अनिवार्य गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार कार्कीले पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेको अधिवेशनलाई पर्वको रुपमा हेरिएको बताउदै जिल्ला अधिवेशनले एकताको सन्देश दिने बताउनुभएको छ ।


यस्तै जिल्ला इन्चार्ज खेम लोहनीले पत्रकार सम्मेलनमा बोल्दै एमालेको जिल्ला नेतृत्व सर्वसम्मत गर्न सफल हुने प्रयाप्त आधार तयार भएको बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल जारी रहेको र सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचन प्रक्रिया बाट अधिवेशन सम्पन्न गरिने गरि तयारी पुरा भएको समेत जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व