राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले जिल्लाको ९ वटै पालिकामा भेला सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, चैत १७, २०८० शनिबार ।


राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले जिल्लाको ९ वटै पालिकामा भेला सम्पन्न भएको छ । आज हरिहरपुरगढी गाउँपालिकामा गाउँ भेला सम्पन्न भए संगै राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले जिल्लाका सबै पालिकामा भेला सम्पन्न गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीका संयोजक रमेश घिमिरेको सभापतित्वमा हरिहरपुरगढी गाउँपालिका १ मा भएको प्रथम भेलाले जगत रुम्बाको सभापतित्वमा ११ सदस्यीय गाउँपालिका समिति गठन गरिएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी हरिहरपुरगढी गाउँपालिका समितिको उपसभापतिमा दिपेश तामाङ, सचिवमा सुजन रुम्बा, कोषाध्यक्षमा मिसा माया स्याङतान र सदस्यहरुमा अमृता घिसिङ, चरि माया घिसिङ, ढोली माया रुम्बा, लेख प्रसाद काफ्ले, यम ध्वज जिम्बा र अजय घिसिङ रहनुभएको छ । 


भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीका सह संयोजक दिपा देवकोटा, सिन्धुली निर्वाचन क्षेत्रका सभापतिहरु, ८ वटै पालिकाका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक हरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व