बालिका हिंसा न्युनिकरणको लागि जुटौँ

RadioSiddhababa

 सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो ।  समय र प्राविधिको परिवर्तन संगै बर्तमान समयमा हिंसाका स्वरूपमा परिबर्तन हुँदै गएको छ । अहिले हत्या , हिंसा, एसिड आक्रमण र बलात्कार जस्ता घटनाहरुले हामिलाई दुःखी बनाएको छ । यस्ता घट्ना तपाई हाम्रो प्रगतिको बाधक पनि बनिरहेको छ ।

 

परिवार देखि समाज जुनसुकै ठाउँमा पनि बालिकाहरु असुरक्षित छन् । कोभिडले बिश्वलाई नै आतङ्कित बनाइरहेको बेला बालिकाहरु माथि हिंसा  तिब्ररूपमा बढिरहेका छन् । लकडाउनकै समयमा प्राय धेरै बालिकाहरु आफ्नै परिवारबाट पीडित भएका छन् । एकातिर कोरोभाईरसको त्रास र अर्कोतिर आफन्त बाट हुने असुरक्षा दुबैले बालिका र किशोरीहरुलाई थप चिन्ता बढिरहेको छ ।

 

परिवारमा नै उनीहरुले सुरक्षित महशुस गर्न सकेका छैनन् । उन्नाइसौं सताब्दिको सुरुदेखि बालिका महिलाहरु प्रति गरिने अमानवीय व्यबहार विरुद्ध संघर्ष सुरु गरे पनि बलात्कार ,बालबिबाह , यौनशोषण, भुणहत्या बालिका हत्या , बहुबिबाह,तस्करी, अपहरण,बेचबिखन , जस्ता घटनाहरुले भने हाम्रो समाजमा जरा गाडिरहेको अवस्था छ । सिन्धुली जिल्लाको अवस्थालाई हेर्ने हो भने एकबार सङ्कट ब्यबस्थापन केन्द्र सिन्धुलीको तथ्यांकअनुसार २०७७ साल साउनदेखि असार मसान्तसम्म यौनदुव्र्यवहार ११ जनामा भएको देखिन्छ ।

 

शारीरिक हिंसाको घटना ५३ जना, श्रोत तथा सेवाबाट बन्चित ४३ जना ,भावनात्मक तथा मानसिक हिंसा ८३ जना, बालबिबाह ९ जना,जबर्जस्ति करणी ३१ जना, बहुबिबाह २२ जना गरि जम्मा २५४ जना र आर्थिक बर्ष २०७७ साल साउन देखि भदौसम्म दर्ता भएका घटनाहरुमा जबर्जस्ति करणी ९ जना,शारीरिक हिंसा १५ जना,स्रोत र सेवाबाट बन्चित १२ जना र अन्य १० जना गरि ४६ जना किशोरी तथा युवा महिलाहरु हिंसामा परेका छन् ।

 

यसरी तथ्यांकलाई हेर्दा सिन्धुलीमा बालबिबाह,बलात्कार ,आत्महत्या,यौनशोषण, किशोरी तथा महिला हिंसा जस्ता समस्याहरु दिनप्रतिन बृद्धिहुदै गईरहेको छ । यस्ता समस्याहरुलाई न्यूनिकरण गर्नका लागि सरकार तथा गैरसरकारी संस्थाहरुले केही प्रयास नगरेका त होइनन् तर समस्या भने उस्तै देखिन्छ ।

 समय र प्रबिधिको सहि सदुपयोग गरि आफू हिंसामा परेको कुरा सार्बजनिक गराउने सक्ने आफुमा क्षमता बिकास गराउनुपर्छ । विभिन्न धार्मिक र सामाजिक कुसंस्कारहरुलाई अन्त्य गर्दै सरकारले लागू गरेको नीति तथा नियमलाई सबैले पुर्ण प्रभाबकारी रूपमा कार्यन्वयन गर्दै यस्ता समस्यालाई न्युनिकरण गर्ने रहेक ब्यक्ति, परिवार, समाज ,स्थानीय तह सबै सरोकारवालाहरु एकजुट हुन आबश्यक छ ।

नोट-----लेखकः शोभा गौतम र सिर्जना तामाङ हुनुन्छ । उहाँहरु कमलामाई नगर किशोरी सञ्जाल सिन्धुलीमा आवद्ध हुनुन्छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाबुको मुख हेर्ने दिन 

  देबिका मगर, सिन्धुली माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो  । मिठा मिठा खाने

RadioSiddhababa

‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका

सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै

RadioSiddhababa

मिडियामा समान सहभागिता हुनुपर्छ ः किशोरी सिर्जना 

सिन्धुली–विगतदेखि वर्तमानसम्मको परिस्थितिलाई दृष्टिगत गर्दा समाचारमा मात्र नभइ जुनसुकै क्षेत्रमा पनि महिला र पुरुषविच असमानता नै देखिन्छ ।