मिडियामा समान सहभागिता हुनुपर्छ ः किशोरी सिर्जना 

RadioSiddhababa

सिन्धुली–विगतदेखि वर्तमानसम्मको परिस्थितिलाई दृष्टिगत गर्दा समाचारमा मात्र नभइ जुनसुकै क्षेत्रमा पनि महिला र पुरुषविच असमानता नै देखिन्छ । राजनीतिक,आर्थिक,शैक्षिक लगाएत समग्र पक्षमा महिलाहरूको सहभागिता न्यून देखिन्छ ।

 

जति सहभागी हुन्छन्,उनिहरुलाई पनि खासै महत्व दिइदैन । पत्रपत्रिकामा समाचार छाप्दा पनि पुरुषका विषयलाई बढी महत्व दिने गरेको पाइन्छ । मिडियाहरुले अन्तरवार्ता लिँदा पनि पुरुषहरूको बढी लिने गर्छन् । 

 

चलचित्रका क्षेत्रमा पनि महिलालाई प्रायजसो घरायसी काममा देखाइएको हुन्छ । प्रमुख भुमिका भने पुरुषको नै हुने गर्छ । छोटो कपडा लगाएर फेसन सो गर्ने ठाउँमा भने महिलाहरुलाई देखाइएको हुन्छ । यस्ता कुराबाटै बुझ्न सक्छौ कि, हामी किशोरी,महिलालाई मनोरञ्जनको साधनका रूपमा लिने गर्छन् । 

 

बालबालिका,किशोरी,महिलाहरुमा क्षमता नभएको त होइनन् । तर उनीहरुको आवाजलाई मान्यता दिइदैन । समय र प्रविधिको परिवर्तन भएसंगै हिंसाका स्वरुपमा पनि परिवर्तन हुँदै आएको छ । दिन प्रतिदिन हत्या,हिंसा र बलात्कार जस्ता घटनाहरु तिव्र रूपमा बढिरहेका छन् ।

 

कतिपय घटनाहरु त दवावले बाहिर आउदैन् । आइहाले पनि पीडित थप पीडित हुनु पर्ने अवस्था छ । अहिले संचार माध्यममा विषेश गरि राजनीतिक विषय विशेष स्थान ओगटेको छ । आधी आकाश ओगट्ने महिलालाई किन हरेक क्षेत्रमा समावेशी रूपमा सहभागी गराइदैन ? भोलिका कर्णधार बालबालिकाहरुको आवाजलाई किन सुनिदैन ? 

 

किशोरी,महिलाहरु किन जुनसुकै ठाउँमा असुरक्षित छन् त ? बढ्दो हिंसाको सवालमा आम महिला,बालबालिका,किशोर किशोरीहरुको धारणा कस्तो छ ? यस्को न्यूनिकरण गर्न सम्बन्धित सरोकारवालाहरुको भुमिका के रहन्छ ? र  किशोरी संजाल,महिला संजाल,युवा संजाल,क्लवहरु र  नागरिक समाजको भुमिका,हिंसा न्यूनिकरण गर्न भइगरेका प्रयास र सफलताका विषयलाई पनि समावेशी रूपमा प्रस्तुत गर्नुपर्छ । त्यसैगरि हरेक क्षेत्रमा उनीहरुको इच्छा,आकाङ्क्क्षा र धारणालाई पनि समान रूपमा प्रस्तुत गर्न आवश्यक छ । 

 

             किशोरी सिर्जना तामाङ प्रशिक्षार्थी पत्रकार हुन् । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाबुको मुख हेर्ने दिन 

  देबिका मगर, सिन्धुली माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो  । मिठा मिठा खाने

RadioSiddhababa

‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका

सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै

RadioSiddhababa

बालिका हिंसा न्युनिकरणको लागि जुटौँ

 सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो ।  समय र प्राविधिको परिवर्तन संगै बर्तमान