सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

RadioSiddhababa

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स सिन्धुलीको आधिकारीक विक्रेता श्रेष्ठ ट्रेडर्सले विक्रिवितरण सुभारम्भ गरेको छ ।


विश्वको ६० देशमा अत्यधिक रुचाइएको टिभिएस अपाचे सिरिजले ६० लाखभन्दा बढी ग्राहकहरुको मन जित्न सफल भैसकेको छ । भारतमा यसभन्दा अघि १ वर्ष अगाडी नै प्रस्तुत भएर सफलता प्राप्त गरिसकेको टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट बाइक को सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदारले कमलामाई नगरपालिका ६ रातमाटामा रहेको स्वरुममा एक कार्यक्रमका बिच बुधबार सुभारम्भ गर्नुभएको हो ।


टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट बाइक एक त्यस्तो अद्वितीय बाइक हो जसमा स्मार्ट एक्स कनेक्ट र एबिएस जस्ता अत्याधुनिक प्रविधिका विशेषताहरु जडित छन् । स्मार्ट एक्स कनेक्टको सहायताले चालकले मोबाइलमा कल तथा एसएमएस आएको सजिलै जानकारी पाउन सक्छ भनें टर्न बाइ टर्न नेभिगेसन, रेस टेलिमेट्री, एँगल मोड जान्न, इन्धन कम भएको संकेत, तथा जुध्न लागेको जनाऊ समेत थाहा पाउन सक्दछ । यस बाइकको बजार मुल्य ३ लाख ३९ हजार ९ सय रुपैया रहेको श्रेष्ठ ट्रेडर्सका संचालक गंगालाल श्रेष्ठले बताउनु भयो ।


यसैगरी, नयाँ टिभिएस अपाचे आरटिआर २०० ४ भिमा जडित हातको पञ्जा आकारको अवस्थामा राखिएका सम्पूर्ण नयाँ एलइडि हेडल्याम्पले झन आकर्षण थपेको छ । जसको सहायताले बाइक चालकले धेरै टाढाको दूरीसम्म पनि सजिलै देख्न सक्दछ, यस्तै नयाँ रेस ग्राफिक्स, रेस अनुकूल फ्युल इन्जेक्सन ‘आरटि–एफआइ’ प्रविधि पनि यस बाइकको अर्को विशेषता हो । जुन हरप्रकारको हँकाई अवस्थामा चालकलाई आनन्दायक महसुस हुनेगरी डिजाइन गरिएको छ । यान्त्रीकरणको दृष्टिकोणले यो नयाँ बाइक उही १९७÷७५ सिसि एकल–सिलिण्डर आयल कूल्ड इन्जिनको शक्तिप्रदत्त छ, जसले २०.५ एचपि को अधिकतम पावर र १६.८ एनएमको उच्च टर्क उत्पादन गर्ने जानकारी दिनुभयो ।
उहाँको अनुसार, यसको सबै पावर ५ स्पिड गीयर बक्समार्फत् पछाडीको पाङ्ग्रामा पठाइएको छ । यसैगरी यो अपाचे आरटिआर २०० ४ भि बाइकका अन्य विशेषताहरुमा आरएलपि नियन्त्रित दोहोरो च्यानलको एबिएसका साथै स्थिरता र हँकाई स्तर वृद्धिको लागि रेडियल टायर पनि रहेका छन् ।

श्रेष्ठले भन्नुभयो,‘हामी हाम्रा ग्राहकहरुलाई कोरोना भाइरसको सन्त्रासबाट टाढा राख्दै वहाँहरुको जीवनलाई सुरक्षित यात्राको अनुभूति दिलाउन प्रयासरत छौं ।’
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक

RadioSiddhababa

सिन्धुली अस्पतालमा टोकन प्रणाली लागु

सिन्धुली–सिन्धुली अस्पतालमा आइतबारदेखि बिरामीलाई सुविधाका लागि विद्युतीय टोकन प्रणाली लागु भएको छ । कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले