सिन्धुली अस्पतालमा टोकन प्रणाली लागु

RadioSiddhababa

सिन्धुली–सिन्धुली अस्पतालमा आइतबारदेखि बिरामीलाई सुविधाका लागि विद्युतीय टोकन प्रणाली लागु भएको छ । कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले अस्पतालमा उपचार गराउन आएका जेष्ठनागरिक फलाम सिंह घिसिङ्ग पहिलो टोकन नम्बर हस्तान्तर गरेर टोकन प्रणाली सेवा सुरु भएको उद्घोष गर्नुभएको हो । 


अस्पतालमा दैनिक ५ सय भन्दा बढि बिरामीहरु सेवा लिन आउने गर्दछन् । अस्पतालले सेवा सुविधा थप गरेर व्यवस्थित गरेसंगै बिरामिको चाप बढेपछि टोकन प्रणाली लागु गरेको अस्पतालले जनाएको छ । घण्टौँ  लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन टोकन प्रणाली सुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्लाद पोखरेलले जानकारी दिनुभयो । यो प्रणालीको सुरुवातले लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्य हुने,लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने उहाँको भनाई छ । 


सिन्धुली अस्पतालाई सुविधा सम्पन्न बनाइदै लगिएको छ । अस्पतालको सेवामा सुधार भएसँगै जिल्लाभरका सेवाग्राहिहरुको पनि भिड बढ्दो रहेको छ । ३ लाखको लागतमा विद्युतीय टोकन प्रणाली संचालनमा आएसंगै जेष्ठनागरिक, महिला, अपाङगता भएका विरामीहरुलाई लाइनमा बस्नु नपर्ने उहाँले बताउनुभयो । टोकन लिएर आफ्नो पालोमा टिकट वा पैसा तिर्न जान सकिने व्यवस्था गरिएको र बच्चा बोकेर लाइनमा घन्टौसम्म बस्नुपर्ने बाध्यता अब नरहने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा, जेष्ठ नागरिक, अपाङगता भएका विरामीहरुलाई छिट्टै नै अर्को काउन्टरको व्यवस्था गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।


अब सिन्धुली अस्पतालमा आउने बिरामीहरुले टोकन नम्बर लिएर क्रमस आफ्नो नम्बर अनुसार बिरामीको पुर्जा लिन सक्ने छन् । अडियोको माध्यमबाट प्रत्यक बिरामहिरुलाई आफ्नो सिरियल नम्बर अनुसार पालैपालो काउन्टरमा बोलाईनेछ । अडियोको आवाज संगै बिरामीहरुले डिजिटल बोर्डमा सिरियल नम्बर पनि हेर्न सक्ने ब्यबस्था मिलाईएको छ । त्यसैगरी बिरामीको पुर्जा लिए पछि सम्बन्धित डाक्टरलाई भेट्न पनि बिरामीले अडियो सुन्न र डिजिटलमा आफ्नो टोकन नम्बर हेरेर पालैपालो सेवालिन सक्ने ब्यबस्था मिलाईएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक